हलिउड अभिनेता अल पचिनो ८३ वर्षको उमेरमा बुवा बन्दै

हलिउडका दिग्गज अभिनेता अल पचिनो ८३ वर्षको उमेरमा बुवा बन लागेका छन् । उनीभन्दा ५४ वर्ष कान्छी उनकी २९ वर्षीय प्रेमिका नूर अल्फल्लाह ८ महिनाको गर्भवती छिन् । गडफादर नामको ऐतिहासिक फिल्ममा काम गर्ने अभिनेता अल पचिनो पहिले नै तीन सन्तानका पिता हुन् । गडफादरमा उनका सह–कर्मी रहेका रोबर्ट डी निरो पनि ७९ वर्षको उमेरमा पिता बनेका थिए ।
रिपोर्टका अनुसार अल पचिनो आफ्नी प्रेमिका नुर अल्फल्लाहसँग अप्रिल २०२२ देखि डेट गरिरहेका छन् । त्यतिबेला उनीहरूलाई पहिलो पटक सँगै डिनर गरिरहेको देखिएको थियो ।
अल पचिनोकी छोरीभन्दा कान्छी प्रेमिका
अल पचिनोकी जेठी छोरीको नाम जुली मेरी हो । उनी ३३ वर्षकी भइन् । यसबाहेक उनका दुई जुम्ल्याहा छोरा एन्टोन र ओलिभिया पनि छन् । उनीहरु २२ वर्षका छन् । अल पचिनोकी प्रेमिका नुर अल्फल्लाहले उनीभन्दा अघि व्यापारी निकोलस बर्गग्रेन र गायक माइक ज्यागरलाई डेट गरेकी थिइन् ।
उनले हालसम्म जति पनि मानिससँग डेट गरिन्, सबैको उमेर ६० वर्षभन्दा बढी छ । उनी २२ वर्षको हुँदा ७४ वर्षका माइक ज्यागरलाई डेट गरेकी थिइन् । यस्तै , निकोलस बर्गग्रेनको पनि उमेर ६० वर्ष थियो ।
द गडफादर सिरिजमार्फत् विश्वभरी चर्चित छन् अल पचिनो
अल पचिनो हुन त फिल्म द गडफादर सिरिजमार्फत् विश्वभरी चर्चित छन् तर उनले यसबाहेक पनि अन्य थुप्रै फिल्ममा काम गरेका छन् । सेन्ट अफ अ वुमन, स्कारफेस, सर्पिको र द डेविल्स एडभोकेट उनका केही चर्चित फिल्म हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापा गोल्डकप : पहिलो सेमिफाइनलमा भद्रपुर ब्लेजर्स र बङ्गलादेशको काउर्न बाजारबिच प्रतिस्पर्धा
-
कर्णालीका स्वास्थ्य संस्थामा जनशक्तिको अभाव
-
श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह
-
गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
-
बागलुङलाई समृद्धिसँग जोड्दै कालीगण्डकी करिडोर
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, देशभरको मौसम कस्तो रहला ?