आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

नविल बैंकले एकसाथ ३८ शाखा सञ्चालनमा ल्यायो

बिहीबार, १८ जेठ २०८०, १३ : ०२
बिहीबार, १८ जेठ २०८०

काठमाडौँ । नविल बैंकले एकसाथ ३८ वटा शाखा सञ्चालनमा ल्याएको छ । बिहीबार बैंक स्थापना भएको ३८ वर्ष पूरा भएको अवसरमा काठमाडौँमा एक कार्यक्रम गरी देशैभरका ३८ नयाँ शाखाको उद्घाटन गरेको हो ।

बैंकले नविल बैंक अब तपाईसँग अझै नजिक भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा प्रदान गर्न सातै प्रदेशमा शाखा बिस्तार गरिरहेको छ । कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष उपेन्द्र पौडेलले नविल बैंकको सेवामा धेरै भन्दा धेरै डिजिटल टेक्नोलोजीहरू प्रयोग गरेर सेवा दिने प्रयास गरिरहेको बताए । 

अध्यक्ष पौडेलले बैंकको देशभर एकैसाथ ३८ वटा शाखा बिस्तार गर्ने विषय सजिलो नरहेको बताए ।  उनले आफूले काम गर्ने समयमा निजी क्षेत्रका बैंकहरुको शाखाहरू एकदमै कम भएको तर सरकारी बैंकका शाखा धेरै भएको बताए । उनले डिजिटल प्रविधिको कारणले बैंकहरुको धेरै शाखा भए पनि कम कर्मचारी भए पनि शाखा सञ्चालन गर्न सकिएको बताए । 

सरकार र राष्ट्र बैंकले मुलुकमा वित्तीय साक्षरता बढाउँदै जानुपर्ने उनले बताए ।  अध्यक्ष पौडेलले अब बैंकिङ क्षेत्र बरोइङ र नाफामा मात्रै अगाडि बढ्न नसक्ने बताए । उनले अबको बैंकिङ आफ्नो लागि भन्दा पनि समाज र राष्ट्रका लागि गरेको योगदानको मापन गर्नुपर्ने अवस्था रहेको बताए । उनले बैंकका निक्षेपकर्ताहरुले आफूले बैंकमा राखेको पैसा के मा लगानी लगाईको छ भनेर जानकारी दिनु पर्ने बेला आएको बताए

बैंक ३८ नयाँ शाखामध्ये सबैभन्दा बढी वागमती प्रदेशमा १३ वटा नयाँ शाखा सञ्चालनमा ल्याइएको छ । त्यस्तै कोशी प्रदेशमा एक, मधेस प्रदेशमा आठ, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा १० कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा दुई वटा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । ३८ नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयको सङ्ख्या २५५ पुगेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप