विश्व दूध दिवस : गाईको वा अरू कुनै दूध, कुन हो राम्रो ?
सबै स्तनधारीको जीवनमा दूधको ठुलो महत्त्व छ । बच्चा जन्मिए लगत्तै आमाको स्तनबाट दूध चुस्न थाल्छ ।
जनावरको बच्चाले एक समयपछि आमाको दूध छोडिदिन्छ र त्यसपछि अरू जनावरले झैँ अन्य चिज खान थाल्छ । तर मानिसको बच्चाले आमाको दूध छोडेपछि पनि अन्य स्तनधारी जीव जस्तै, गाई, भैँसी, बाख्रा, भेडा आदिको दूध खान्छ ।
मानिस मात्रै एउटा यस्तो प्राणी हो जसले अन्य जनावरको दूधमा आँखा लगाउँछ । दूध उनीहरूको स्वास्थ्य विशेषगरी हड्डीका लागि अत्यावश्यक भएको मानिस बताउने गर्छन् । जबकी नयाँ अनुसन्धानले अन्य जनावरको दूध पिउनु अनावश्यक, अप्राकृतिक र हानिकारक रहेको बताउँछन् ।
मानिसले आजभन्दा करिब ११ हजार वर्ष अघि गाई पाल्न सुरु गरेका थिए । तर, दूधमा भएको ल्याकटोज सुगरलाई पचाउने क्षमता मानिसले १० हजार वर्ष अघि मात्रै विकसित गरेको थियो ।
यसको सुरुवात दक्षिण–पश्चिम एसियाबाट भएको थियो जुन क्रमशः युरोपसम्म फैलियो । यसै कारण आज विश्वमा ३० प्रतिशत मानिसमा मात्रै वयस्क भएपछि पनि ल्याकटोज नामको इन्जाइम बन्ने गर्छ ।
बाल्यावस्थामा आमाको दूध पिउन छोड्दा उनीहरूको शरीरमा ल्याकटोज इन्जाइमको उत्पादन पनि बन्द हुन्छ ।
त्यसपछि उनीहरुले दूधमा भएको सुगर ल्याकटोज पचाउन सक्दैनन् । उनीहरूको शरीरमा रियाक्सन हुने गर्छ ।
युरोपेलीहरू, केही अफ्रिकी, मध्य–पूर्वी र दक्षिण एसियाली मानिसलाई बाहेक संसारका अधिकांश मानिसलाई सुगर ल्याकटोजको एलर्जी हुन्छ । अमेरिकामा युरोपेली मूलका ९ प्रतिशत जनसङ्ख्याले मात्रै दूध पचाउन सक्छ । उनीहरू पनि दूधबाट बच्न चाहन्छन् ।
यद्यपि, यसका थुप्रै कारण छन् । जस्तै कि स्वास्थ्य र पशुपालनदेखि पर्यावरणलाई हुने हानि आदि...
यसै कारण अमेरिकामा डेरी उत्पादन वा गाईको दूधको विकल्पमा पेस गरिएका उत्पादनको बजार तीव्र रूपमा बढिरहेको छ ।
अब प्रश्न यो उठ्छ कि गाईको दूध छोडेर यसको विकल्प खोज्दा स्वास्थ्यका लागि कत्तिको फाइदा हुन्छ ? के हामीले गाईको दूधबाट प्राप्त हुने पोषक तत्त्व वैकल्पिक उत्पादनबाट प्राप्त गर्न सक्छौँ र ? के दूध पिउनाले ल्याकटोज एलर्जी थप बढ्ने गर्छ ?
गाईको दूधमा कस्ता पोषक तत्त्व पाइन्छन् ?
गाईको दूध प्रोटिन र क्याल्सियमको मुख्य स्रोत हो । साथै, यसबाट हामीले भिटामिन बी–१२ र आयोडिन धेरै मात्रामा पाउँछौँ ।
यसमा म्याग्नेसियम पनि पाइन्छ जसले हड्डीको विकास र मांसपेशीको कार्यमा सहयोग गर्छ । अनुसन्धानले पत्ता लगाएको छ कि दही र केसिन जस्ता दूधजन्य पदार्थले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्दछ ।
बेलायतको नेशनल हेल्थ सर्भिसले एक वर्षदेखि तीन वर्षसम्मका बालबालिकाको हड्डीको उचित विकासका लागि दैनिक ३५० मिलिग्राम क्याल्सियम खानुपर्ने बताएको छ । दैनिक एक गिलास दूध पिउनाले मात्र यो प्राप्त हुन्छ ।
तर वयस्कको हड्डी स्वस्थ राख्न गाईको दूध कति प्रभावकारी छ ? यसमा अनुसन्धान भिन्न भिन्न नतिजामा पुगेको छ ।
यसमा कुनै शङ्का छैन कि क्याल्सियम हड्डीको लागि धेरै महत्त्वपूर्ण छ । तर धेरै क्याल्सियम खाँदा हड्डी भाँच्चिनबाट जोगिन्छ भनेर भन्न मुस्किल छ ।
अनुसन्धानले यसबारे स्पष्ट रूपमा केही पनि भनेको छैन । जबकी केही अनुसन्धानका नतिजाले बढी दूध पिउँदा हड्डी टुट्ने सम्भावना बढ्ने बताएको छ ।
स्विडेनमा भएको एक अनुसन्धानका अनुसार प्रत्येक दिन आधा गिलासभन्दा कम दूध पिउनेहरूमा हड्डी भाँच्चिने खतरा बढी हुन्छ । यद्यपि, यो अनुसन्धान गर्नेहरूले निकै सतर्कता पूर्वक सो कुरा भनेका छन् । उनीहरूको अर्को धारणा अनुसार धेरै हड्डी भाँच्चिने महिला ती थिए जसले धेरै दूध पिउँथे ।
तर किशोरावस्थामा हाम्रो हड्डीको विकासका लागि क्याल्सियम निकै महत्त्वपूर्ण हुन्छ । यो उमेरमा यदि हाम्रो हड्डी राम्रोसँग विकसित हुन सकेन भने अधबैँसे उमेरपछि हामीलाई हड्डीसँग सम्बन्धित देखिन सक्छ । विशेषगरी महिलालाई यसको कमी बढी महसुस हुन्छ ।
मासिक धर्म बन्द भएपछि महिलामा ओस्ट्रोजन हर्मोनको स्राव बन्द हुने गर्छ जसका कारण हड्डीको मर्मतको काम ढिलो हुन्छ । त्यसैले महिलाको हड्डी निकै कमजोर हुने गर्छ ।
दूध र स्वास्थ्य चिन्ता
हालैका दशकमा दूधबारे अर्को एउटा चिन्ता व्यक्त गरिँदै छ । गाईले गर्भावस्थामा पनि दूध दिन्छ । तर यति बेला दूधमा ओस्ट्रोजेन हर्मोनको मात्रा २० गुणा बढी हुन्छ । ओस्ट्रोजनको बढी मात्राको सम्बन्ध क्यान्सरसँग पाइएको छ ।
अनुसन्धाता महिलामा हुने स्तन क्यान्सर, बच्चादानीको क्यान्सर र गर्भाशयको क्यान्सरसँग यसको सिधा सम्बन्ध देख्छन् । तर अमेरिकाको विस्कन्सिन युनिभर्सिटीकी अनुसन्धाता लारा हार्नान्डेसले गाईको ओस्ट्रोजेन बढी भएको दूधसँग डराउन नपर्ने बताएकी छिन् । महिलाको दूधमा पनि हर्मोन हुन्छ । यो स्तनधारीको एक हिस्सा हो ।
दूधमा चिल्लोको मात्रा धेरै हुन्छ । त्यसैले धेरै दूध पिउँदा मुटु रोगको खतरा बढ्ने पनि धारणा छ ।
अनुसन्धानले दूधमा ३.५ प्रतिशत मात्रै चिल्लोपन हुने देखाएको छ । हल्का स्किम्ड दूधमा लगभग १.५ प्रतिशत हुन्छ भने स्किम्ड दूधमा ०.३ प्रतिशत मात्र चिल्लोपन हुन्छ । चिनी नहालिएको भटमास, बदाम, भाङ, नरिवल, ओट्स र चामलबाट बनेको पेय पदार्थमा दूधको तुलनामा कम चिल्लो हुन्छ ।
फिनल्यान्ड युनिभर्सिटीकी प्रोफेसर जेरिका विर्तानेनले दूधमा प्रचुर मात्रामा प्रोटिन हुने बताएकी छिन् । धेरै दूध पिउनेहरूको भोक दूधले नै मेटिन्छ । त्यस कारण ती व्यक्तिहरूले अन्य पौष्टिक खाना खाँदैनन् । जसका कारण उनीहरूमा मुटु रोगको जोखिम बढ्छ ।
दूधमा मात्र बाँच्नु स्वास्थ्यका लागि राम्रो नहुने उनी बताउँछिन् । सन्तुलित मात्रामा लिँदा नराम्रो पनि हुँदैन । दूधको मिठास पचाउन नसक्नेहरूले पनि बेलाबेलामा उचित मात्रामा दूध खान सक्छन् । यो कुरा अनुसन्धानमा पनि प्रमाणित भएको छ ।
तर पनि एउटा ठुलो जनसङ्ख्या यस्तो छ, जो गाईको दूध पिउन मन पराउँदैनन् र अन्य विकल्प तिर अघि बढिरहेका छन् । सोया मिल्क गाईको दूधको सबैभन्दा राम्रो विकल्प हो ।
यही एउटा विकल्प छ, जसमा गाईको दूध जत्तिकै प्रोटिन हुन्छ । अन्य वैकल्पिक दूधमा विभिन्न खालका कमी हुनसक्छ, जुन वयस्कका लागि त ठिक छ तर बालबालिकाका लागि पर्याप्त छैन ।
वैकल्पिक दूध
अमेरिकाको पोषण विशेषज्ञ सिना गैलोका अनुसार वैकल्पिक गाईको दूधबाट जे जति पोषक तत्त्व पाइन्छ त्यो सबै वैकल्पिक दूधबाट पाइन्छ भन्ने छैन । उदाहरणका लागि बदामको जुन पोषक तत्त्व हामीले चपाएर खाँदा पाउँछौँ त्यो बदामको दूधबाट पाउन सकिँदैन ।
वैकल्पिक दूधमा अतिरिक्त पोषक तत्त्व मिसाइन्छ । जबकी गाईको दूधमा ती सबै तत्त्व प्राकृतिक रूपमा पाइन्छ ।
जानकाका अनुसार बालबालिकाका लागि वैकल्पिक दूध राम्रो विकल्प होइन । उनीहरूका लागि गाईको दूध नै राम्रो हो ।
ब्रिटेनकी पोषण वैज्ञानिक शार्लोट स्टर्लिङ–रिडले जनताका लागि सरकारले बालबालिकाका लागि वैकल्पिक दूधभन्दा गाईको दूध राम्रो छ भनेर निर्देशिका जारी गर्नुपर्छ । यदि बालबालिकालाई गाईको दूधको साटो अरू नै पिलाइँदै छ भने यसले उनीहरूको स्वास्थ्यमा नकारात्मक असर पुर्याउन सक्छ ।
गाईको दूधमा प्राकृतिक रूपमा गुलियो पाइन्छ जबकी वैकल्पिक दूधमा चिनी मिसाइन्छ, जुन स्वास्थ्यका लागि राम्रो हुँदैन । त्यसैले यो पनि चिन्ताको विषय हो ।
बजारमा वैकल्पिक दूधका थुप्रै विकल्प छन् । यस्तोमा कुन दूध लिनु सही हो भनेर निर्णय गर्नु मुस्किल छ । कहिलेकाहीँ गलत छनौट स्वास्थ्यमाथि खेलबाड गर्नुजस्तो हुन्छ ।
यदि तपाईं सन्तुलित आहार लिइरहनुभएको छ भने कुन दूध पिउने भन्ने कुरामा फरक पर्दैन । दूध पिउनु नपिउनु ठुलो कुरा होइन, सन्तुलित आहार लिनु महत्त्वपूर्ण छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जब सांसदले विधेयक च्यातेर संसद्मै 'हाका नाच्न' थाल्छन्...
-
पेटको बोसो पघाल्न चाहनुहुन्छ ? जीवनशैलीमा गर्नुस् यी ४ हेरफेर
-
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल
-
महिला संख्या बढाउन पार्टीभित्रै आन्तरिक प्रतिस्पर्धा बढाउनुपर्छ : अध्यक्ष हमाल
-
राष्ट्रिय हितका लागि सविधान संशोधन : सभापति देउवा
-
१२ बजे, १२ समाचार : 'चाइना कार्ड' भन्दै प्रचण्डले दिएको अभिव्यक्तिप्रति कूटनीतिज्ञहरूको आपत्ति' देखि 'डिजेल र मट्टितेलको मूल्यवृद्धि' सम्म