प्रधानमन्त्रीको भारत भ्रमण
महात्मा गान्धीको समाधिस्थलमा प्रधानमन्त्री प्रचण्डद्वारा पुष्पगुच्छा अर्पण
बिहीबार, १८ जेठ २०८०, ११ : ०९
_iY5RAzIo7R.jpg)
नयाँ दिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महात्मा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरेका छन् । बिहीबार भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीसँग भेटवार्ता गर्नुअघि प्रचण्डले महात्मा गान्धीको समाधीस्थल राजघाट पुगेर श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।
सो अवसरमा उनले महात्मा गान्धीको सम्मान र स्मरणमा एक मिनेट मौनधारण गरेका थिए । प्रधानमन्त्रीले त्यहाँ राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर पनि गरे ।
प्रधानमन्त्रीका साथमा परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाश शरणमहतलगायत महात्मा गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्न राजघाट पुगेका थिए । यसपछि प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ताको कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनएका प्रतिनिधिहरुको जोड– एकता महाधिवेशन तोकिएको मितिमै सम्पन्न होस्
-
नर्भिकमा पित्तथैली तथा मिर्गौलाको पत्थरीसम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने
-
राष्ट्रिय गौरवका आयोजनाहरुलाई पुनःविचार गरौँः रक्षामन्त्री राई
-
प्ले–अफ चरणमा पुग्ने कुन टोलीको कति सम्भावना ?
-
एनआरएनए उच्चस्तरीय समितिका संयोजक घलेविरुद्ध अवहेलना मुद्दा, न्यायाधीश रेग्मीको इजलासमा केसी
-
गृहमा हाजिर भएको ५ महिनामा बल्ल जिम्मेवारी पाए सहसचिव बास्तोलाले