ललितपुर महानगरद्वारा ‘सभ्य नागरिक’ वृत्तचित्र विमोचन

ललितपुर । ललितपुर महानगरद्वारा तयार पारिएको ‘सभ्य नागरिक’ वृत्तचित्र विमोचन गरिएको छ । पुल्चोकस्थित लबिम मलमा रहेको क्यूएफएक्स सिनेमामा आयोजित एक कार्यक्रमबीच नगरप्रमुख चिरिबाबु महर्जनले सो वृत्तचित्रको विमोचन गरेका हुन् ।
वृत्तचित्रको परिकल्पना तथा निर्माण ललितपुर नगरप्रहरी प्रमुख सीताराम हाछेथुले तथा यसको निर्देशन आरएम नकर्मीले गरेका हुन् । वृत्तचित्रमा वातावरण संरक्षण, कर, नक्सा पास, धुम्रपान, ट्राफिक, आगलागी नियन्त्रण लगायतका विषयबारे सचेतना दिने प्रयास गरिएको छ ।
वृत्तचित्रबारे कुराकानी गर्दै हाछेथुले भने, ‘यो वृत्तचित्र नागरिकलाई सचेत बनाउने उद्देश्यले तयार गरिएको हो । मानिसहरू नगरपालिका र नगर प्रहरीको डरले मात्र नियमहरू पालना गर्छन् । नगरपालिकाले पनि घर भत्काउने र मान्छे लखेट्ने काम मात्र गर्छ भन्ने आम सर्वसाधारणमा परेको छ । त्यसलाई पनि चिर्नका लागि यो वृत्तचित्र बनाइएको हो ।’ यो वृत्तचित्र हेरेपछि मानिसहरू सचेत बन्ने र डरले भन्दा पनि सभ्य नागरिकका रूपमा आफै आफ्ना जिम्मेवारी पुरा गर्ने उनको विश्वास छ । त्यस्तै, वृत्तचित्रमा नगरपालिकाले प्रदान गर्ने विभिन्न सेवाहरूको बारेमा पनि जानकारी दिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ वर्षाको मौसम : आज यी प्रदेशमा वर्षादेखि हिमपातसम्मको सम्भावना
-
नयाँ वर्षको पहिलो दिन यस्तो छ विदेशी मुद्राको दरभाउ
-
नयाँ वर्षमा राष्ट्रपतिको शुभकामना : सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त
-
आजदेखि नववर्ष अर्थात् २०८२ प्रारम्भ
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग