शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चुक्ता पुँजी पु-याउने चटारो : आधा दर्जन बैंक भागिदै

मङ्गलबार, २० असार २०७४, १३ : २१
मङ्गलबार, २० असार २०७४

काठमाडौं–नेपाल राष्ट्र बैंकले दुई बर्ष अघी मौद्रिक नीति मार्फत बैंक तथा वित्तिय संस्थालाई चुक्ता पुँजी ४ देखि १० गुणा सम्म वृद्धि गर्नुपर्ने व्यवस्था ग¥यो । बैंक तथा वित्तिय संस्थालाई फोर्स मर्जरको दवाव सहित केन्द्रिय बैंकले गरेको यो व्यवस्थापछि केही वाणिज्य बैंकसँग थुप्रै विकास बैंक र फाइनान्स कम्पनीहरु एक आपसमा गाभिने (मर्जर)मा जाने नीतिगत निर्णय गरे । 


तोकिएको अवधीमा जसरी पनि चुक्ता पुँजी पु-याउनुपर्ने भएपनि बैंक तथा वित्तिय संस्था अन्तिम समय आएर यतिवेला निक्कै छटपटिमा देखिएका छन् ।

अहिले कायम रहेका २८ वाणिज्य बैंक मध्येपनि धेरैको चुक्ता पुँजी तोकिएको समयमा ८ अर्ब रुपैयाँ पुग्ने देखिदैन । तर, उनीहरु हकप्रद सेयर जारी गर्ने, वोनस सेयर वितरण गर्ने र साना संस्थालाई गाभेर वा प्राप्ति गरेर चुक्ता पुँजी पु¥याउन लागि परेका छन् । 


यसैक्रममा नेपाल राष्ट्र बैंकले सोमबार मात्रै थप ६ वटा बैंकलाई मर्जका लागि अनुमति प्रदान गरेको छ । ती बैंकले एक आपसमा गाभिन माग गरेअनुसार राष्ट्र बैंकले अन्तिम स्वीकृती दिएको हो । राष्ट्र बैंकले क वर्गको वाणिज्य बैंकसहित अन्य ५ विकास बैंकलाई गाभिन अनुमती प्रदान गरेको हो । 


केन्द्रिय बैंकले ग्लोवल आईएमई बैंक र रिलायवल डेभलपमेन्ट बैंकलाई मर्जका अन्तिम स्वीकृती प्रदान गरेको छ । यस्तै, सांग्रिला विकास बैंक र कसमस विकास बैंक, कामना विकास बैंक र सेवा विकास बैंकलाई मर्जका लागि अन्तिम स्वीकृती प्रदान गरेको हो । यो स्वीकृतीपछि यी बैंकले केही समयपछि एकीकृत कारोवार गर्नेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप