विश्व बैंकले नेपाललाई १५ अर्ब ८४ करोड रुपैयाँ सहूलियपूर्ण ऋण दिने
बुधबार, १७ जेठ २०८०, १८ : ५९
काठमाडौँ । विश्व बैंकले नेपाललाई १५ अर्ब ८४ करोड रुपैयाँ बराबरको आर्थिक सहायता दिने भएको छ । बैंकले अन्तर्राष्ट्रिय विकास परियोजनाका लागि १२० मिलियन अर्थात् १५ अर्ब ८४ करोड रुपैयाँ बराबरको सहूलियपूर्ण ऋण दिने भएको हो ।
साथै बैंकले ग्लोबल पार्टनरशिप फर एजुकेशन फर दी स्कूल सेक्टर ट्रान्सफमेशन प्रोगाम (एसएसटीपी) अप्रेशनका लागि १९.७ मिलियन अर्थात् २ अर्ब ५० करोड रुपैयाँ बराबरको अनुदान समेत उपलब्ध गराउने भएको छ ।
बुधबार एक कार्यक्रमक ाबीच अर्थसचिव अर्जुनप्रसाद पोखरेल र विश्व बैंकका लागि दक्षिण एशियाली मुलुक माल्दिभ्स्, नेपाल र श्रीलंकका देशिय निर्देशक फेरिस् हाजाड–जेर्भोस्ले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।