सिके राउतले गरे नागरिकता विधेयक प्रमाणीकरणको स्वागत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले नागरिकता विधेयक प्रमाणीकरणको स्वागत गरेका छन् । अध्यक्ष राउतले आज एक विज्ञप्ति जारी गरी राष्ट्रपति रामचन्द्र पौडेलको सो कार्यको स्वागत गरेका हुन् । उनले नागरिकता विधेयक प्रमाणीकरणबाट लामो समयदेखि नागरिकताविहिन रहेका योग्य नेपालीहरूलाई नागरिकता प्रदान गर्ने बाटो खुलेकोमा खुसी समेत व्यक्त गरेका छन् ।
नागरिकताको माग गर्दै भएको आन्दोलनका कारण ज्यान गुमाउनु परेकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राउतले त्यसका लागि आन्दोलन गरेका आन्दोलनकारीप्रति पनि धन्यवाद ज्ञापन गरेका छन् ।
त्यस्तै उनले रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयको पनि स्वागत गरेका छन् । मधेस–थरुहट आन्दोलनको क्रममा भएको टीकापुर घटनामा दोषी ठहर गर्दै जेलमा राखिएका चौधरीलाई आममाफी दिएकोमा राष्ट्रपति पौडेललाई पनि राउतले धन्यवाद दिएका छन् । उनले टिकापुर घटनामा मुछिएर जेल जीवन बिताइरहेका अन्य निर्दोष आन्दोलनकारीलाई तत्काल रिहा गर्न समेत माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लाका दुर्गम गाउँमा टेलिकमको ‘फोरजी’ सञ्चालनमा
-
१२ बजे, १२ समाचार : पशुपति जलहरी प्रकरणमा अख्तियारद्वारा सर्वोच्च्मा पुनरावलोकन दर्तादेखि सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकसाथ सुनुवाई हुनेसम्म
-
रिंकु र प्रकृतिका लागि न्याय माग्दै सिराहामा प्रदर्शन
-
गुल्मीको इस्मा गाउँपालिकामा कपडा बैङ्क स्थापना
-
फिल्म ‘लाज शरणम’को जाँचपछि सेन्सर बोर्डले के भन्यो ?
-
किन पर्यो नेपाल ‘ग्रे लिष्ट’मा, यसले कस्तो प्रभाव पर्छ ?