आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

कोटेश्वर एरियामा ५ सय लिटर अखाद्य मदिरा नष्ट

सोमबार, २८ फागुन २०७४, ०८ : ३७
सोमबार, २८ फागुन २०७४

काठमाडा – प्रहरीले काठमाडौंको नरेफाँट, जडीबुटी र कोटेश्वर क्षेत्रबाट करिब ५ सय लिटर अखाद्य घरेलु मदिरा नष्ट गरेको छ ।

नरेफाँट, जडीबुटी र कोटेश्वरमा सञ्चालित ‘खाजा घर’ हरुमा अखाद्य घरेलु मदिरा विक्री वितरण हुँदै आएको थियो ।

‘कोटेश्वर एरियाका होटल चेकजाँचका क्रममा ५ सय लिटर भन्दा बढी अखाद्य घरेलु मदिरा फेला परेको छ’ महानगरीय प्रहरी प्रभाग कोटेश्वरका इन्सपेक्टर राजु लामाले भने,‘नियमअनुसार मुचुल्का गरेर स्थानियको रोहबरमा अखाद्य मदिरा नष्ट गरेका छौं ।’

आईतबार महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले ‘खाजा घर’को बोर्ड राखेर विक्री हुँदै आएको अखाद्य घरेलु रक्सि, छ्याङ तथा तोङ्वा बरामद पछी नष्ट गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखको रुपमा (एसएसपी) विश्वराज पोखरेल आएसँगै काठमाडौं प्रहरीले अखाद्य घरेलु मदिरा विक्रीवितरणमा कडाई गरेको छ । 
परिसरको निर्देशन अनुसार कोटेश्वर क्षेत्रमा घरेलु मदिरा विक्री वितरणमा कडाई गरिएको प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ ।

प्रहरीका अनुसार होटल सञ्चालकहरुले पसलमा थोरै मदिरा राखेर धेरै परिमाणका अदाद्य मदिरा लुकाई–छिपाई बेच्ने गरेको पाईएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप