नागरिकता विधेयक प्रमाणीकरणबारे लोसपा : राज्यविहीन नेपालीको पिडामा मलहम बन्नेछ
बुधबार, १७ जेठ २०८०, १५ : ५६
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा स्वागत गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट दुई–दुई पटक पारित भएर पनि विगत लामो समय देखि रोकिएर रहेको नागरिकता विधेयक अन्ततः आज राष्ट्रपतिद्वारा संविधानको धारा ६१ को उपधारा (२), (३), (४) तथा संविधानको धारा ६६ बमोजिम सर्वोच्चले प्रतिपादन गरेको सिद्धान्त बमोजिम प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक रहेको पार्टीले बताएको हो ।
अध्यक्ष महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसले खास गरी राज्यविहीनताको स्थितिमा रहेका नेपाली नागरिकहरूको पिडामा मलहमको काम गर्नेछ र समग्रतामा समेत नागरिकता सम्बन्धी धेरै हदसम्म समस्याको समाधान गर्नेछ । यस प्रक्रियामा न्यायसङ्गत रूपमा साथ सहयोग दिने सबैलाई हार्दिक धन्यवाद ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा