दिल्ली पुगे प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ औपचारिक भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । बुधबार दिउँसो साढे एक बजे नेपाल एयरलाइन्सको विमानबाट भारततर्फ प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड २ बजेर ५० मिनेट जाँदा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थानमा अवतरण गरेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका साथै मन्त्रीहरूले बिदाई गरेका थिए ।
चार दिने भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले बिहीवार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरवाद हाउसमा दुई पक्षीय वार्ता गर्नेछन् । भारत भ्रमणका क्रममा विद्युत बिस्तार, विद्युतमा भारतीय लगानी प्रवद्र्धन, भारतसँग भएका सम्झौताहरुको कार्यान्वयन, सीमा विवाद, नाकाहरु सञ्चलन लगायतका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल सामेल छन् ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको भ्रमण टोली जेठ २० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि/बालेनहरुको उखरमाउलोलाई राष्ट्रिय खतरा देखाउन खोजिँदैछ : घनश्याम भुसाल
-
राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आजको आवश्यकता : प्रधानमन्त्री
-
अब सरकारी कोषबाटै पार्टीलाई रकम, उम्मेदवारलाई चुनावमा चन्दा वर्जित !
-
हाम्रो पात्रोको नयाँ अपडेट सार्वजनिक
-
दुर्गा प्रसाईंले भने– म आत्तिएको छैन, यो तस्करविरुद्धको लडाइँ हो (भिडियो)
-
तीनकुने घटनामा नेकपा एसको गुनासो : हाम्रो पार्टी कार्यालयमाथि आक्रमण हुँदा राज्यले सुरक्षामा विभेद गर्यो