लेखा समितिमा १२१ उजुरी विचाराधीन : समितिले जुनसुकै बेला पुराना फाइल खोल्न सक्ने

काठमाडौँ । संघीय संसद् अन्तर्गत रहेको सार्वजनिक लेखा समितिका सभापति अर्जुननरसिंह केसीले समितिले जुनसुकै विचाराधीन पुराना फाइल खोलेर त्यसमाथि अनुसन्धान अघि बढाउन सक्ने बताएका छन् । बुधबार दिउँसो सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै उनले समितिको हालसम्म १२१ वटा उजुरी विचाराधीन रहेको जानकारी गराउँदै सो बारेमा अध्ययन गर्न सांसदहरूलाई आग्रह गरेका हुन् ।
समितिका ज्येष्ठ सदस्यका रूपमा सभापति रहेका केसीले भने –‘१२१ वटा सबै फाइलहरू माननीय सदस्यहरूले पढ्नुस् । हामीलाई कसैले रोकेर रोक्न नसक्ने अधिकार हुँदा पनि हामीलाई रोक्न खोज्ने कुराप्रति हाम्रो आपत्ति छ । १२१ वटा फाइल सबै माननीयहरूमा पुगोस् भन्ने मेरो चाहना थियो, त्यो पुगेको छ, यहाँहरूले त्यसलाई अध्ययन गर्नुस्, आवश्यकता अनुसार छलफलका लागि प्रस्ताव गर्नुस् ।’
उनले समितिमा स्वतन्त्रतापूर्वक आफ्नो भूमिका निर्वाह गर्न सत्तापक्ष, प्रतिपक्ष नभई काम गर्न निर्देशन समेत दिएका छन् । समितिमा २०७६ सालदेखिका उजुरीहरू विचाराधीन रहेको छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेटालाई बन्द गर्ने चेतावनी नदिइ समाधानको बाटो खोज्न सरकारलाई आग्रह
-
संक्रमणकालीन न्याय : सर्ट लिस्ट सार्वजनिक गर्न सर्च कमिटीको अन्तिम तयारी
-
संविधान विपरीत समवेदना सन्देश निकाल्नेलाई कारबाही गर्न एमालेको माग
-
दाङमा २० वर्षपछि फरार अभियुक्त पक्राउ
-
१३ बुँदे घोषणापत्र जारी गर्दै खानेपानी महासंघको गोष्ठी सकियो
-
रक्सीको बोतल चोर्ने कुन सहमहामन्त्रीको छोरा हो प्रमाणित गर्न कांग्रेसकाे चेतावनी