मापदण्ड विपरीत सञ्चालनमा रहेका २ अस्पतालको सेवा बन्द गर्न उपमहानगरको निर्देशन

बारा । जीतपुरसिमरा उपमहानगरपालिकाले मापदण्ड विपरीत सञ्चालनमा रहेको सिमरास्थित निम्स अस्पताललाई स्वास्थ्य सेवा बन्द गर्न निर्देशन दिएको छ । उपमहानगरले मंगलबार पत्र काटेर अस्पताल सञ्चालनका लागि मापदण्ड नपुगेको भन्दै अस्पताललाई स्वास्थ्य सेवा प्रवाह बन्द गर्न निर्देशन दिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नवीकरण सम्बन्धी नियमावली अनुसार मापदण्ड पूरा गरेको नदेखिएको जनाउँदै सेवा बन्द गर्न पत्राचार अस्पताललाई गरेका हुन् । अस्पताल बन्द गर्नु पूर्व उपमहानगरपालिकले उक्त अस्पतालको अनुगमन र कागजपत्र अनुसन्धान गरेको थियो ।
मापदण्ड पूरा नगरेकै अवस्थामा उक्त अस्पताल लामो समयदेखि सञ्चालनमा रहँदै आएको छ । इजाजत लिएको भन्दा बाहिरको सेवा प्रवाह गर्न खोजेको भन्दै उक्त अस्पताललाई यसअघि पनि अनुगमन टोलीले पटक पटक कारबाही गर्दै आएको थियो ।
उक्त अस्पताल जीतपुरसिमरा उपमहानगरपालिकाको स्वास्थ्य कर्मचारी आजम हुसेन देवानले संचालन गरेका हुन् । देवान जीतपुरसिमरा नगर अस्पतालमा ल्याब टेक्निसियनमा कार्यरत छन् ।
साथै उपमहानगरले वडा नं ७ मा सञ्चालनमा रहेको राव नसिंङ होम प्रालिलाई पनि स्वास्थ्य संस्था दर्ता अनुमति तथा नवीकरण सम्बन्धी नियमावली २०७९ अनुसार मापदण्ड पुरा नभएको भन्दै मंगलबारदेखि नै सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्न निर्देशन दिएको छ ।
उपमहानगरको निर्देशन विपरीत बन्द नगरेमा कानुन बमोजिम कारबाही गरिने पत्रमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा सवारी दुर्घटना, दुई जनाको मृत्यु
-
यस्तो छ दही र योगर्टबिचको फरक
-
संसद्मा नेकपा माओवादी केन्द्रले माग्यो प्रधानमन्त्रीको राजीनामा
-
दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, नेपालबाट २११ जना उडे
-
पूर्वराजालाई वामदेवको चेतावनी : ब्रिटेन र फ्रान्सको घटना दोहोरिन सक्छ
-
मन्त्रीको विरोध गर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको ताकेता