संसद् भवनको नक्साबारे भारतीय प्रधानमन्त्रीसँग कुरा उठाउन जनमोर्चाको माग

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले संसद् भवनमा राखिएको भारतको नक्साबाट नेपालका भू–भागलाई अविलम्ब हटाउन माग गरेको छ । नेपाल र पाकिस्तानका भू–भागलाई सम्मिलित गरी भारतले संसद् भवनमा राखेको नक्साले नेपालको सार्वभौमसत्ता र अखण्डतालाई गम्भीर रूपमा होच्याउने कार्य गरेको जनमोर्चाले बताएको हो ।
नेपालसहितका अन्य छिमेकी मुलुकलाई समेटेर अखण्ड भारत कायम गर्ने रणनीतिअन्तर्गत भारतको नवउद्घाटित संसद् भवनमा नेपालको कपिलवस्तु, लुम्बिनी र विराटनगरसहितका भू–भाग सम्मिलित गरी राखिएको नक्सा सार्वजनिक गरिएको पार्टीले दाबी गरेको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भारतको उक्त कार्यको हाम्रो पार्टीले घोर विरोध तथा भर्त्सना गर्दछ । नेपालका प्रधानमन्त्रीले भारत भ्रमणको अवसरमा त्यस विषयमा भारतीय समकक्षीसँग गम्भीरतापूर्वक कुरा उठाउनुपर्ने कुरामा हामीले जोड दिन्छौँ ।’
भारतीय साम्राज्यवादले सुरुदेखि नै नेपाललाई भारतमा गाभ्नका लागि विभिन्न षड्यन्त्र गरिरहेको आरोप लगाउँदै पार्टीले उक्त रणनीतिका विरुद्ध संघर्षमा उत्रिन अपिल समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्ताका लागि शिक्षकहरूको पर्खाइमा शिक्षामन्त्री
-
रुपन्देहीको बेथरी मर्चवर सडक निर्माण अन्तिम चरणमा
-
भेरी अस्पतालको ओपिडी सेवा सञ्चालनमा
-
क्रियाशील सदस्यता नवीकरण गर्न कांग्रेसले दियो वैशाख मसान्तसम्मको समय
-
शाखा अधिकृत भट्टराईविरुद्धको भ्रष्टाचार मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन
-
राजनीतिक दलहरू खत्तम भन्ने भाष्य निर्दलीयहरूको धन्दा हो: उपमहासचिव बस्नेत