सेयर बजार
बजेट लगत्तै सेयर बजारमा ५३ अंकको पहिरो
मङ्गलबार, १६ जेठ २०८०, १५ : ३२

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक भएको भोलिपल्ट नै सेयर बजारमा ठुलो गिरावट आएको छ । मंगलबार सेयर बजार परिसूचक नेप्से ५३.१६ अंकले घट्दै १८ सय ८८.६१ अंकको विन्दुमा झरेको हो ।
तर, यता कारोबार भने २ अर्ब ३४ करोड १७ लाख रुपैयाँमाथिको भएको छ । आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । नेगेटिभ मार्केटकाबीच पनि आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने स्वीट–गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनको मूल्य ९.२६ प्रतिशतले घट्न पुगेको छ । सरकारले सोमबार आगामी आर्थिक वर्षका लागि कूल १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होली पर्वको अवसरमा हुने विकृतिलाई निरुत्साहित गर्न अध्यक्ष दाहालको आग्रह
-
आज होली पर्व, हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै
-
युरोपीयन युनियनसँग पनि चर्को भन्सार असुल्ने ट्रम्पको घोषणा
-
होलीमा खेलिने रङहरू जस्तै नेपाली समाज पनि विविधतापूर्ण छ : सभापति देउवा
-
होली पर्वमा राष्ट्रपतिको सन्देश : सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने
-
चार दिन यता काठमाडौंंसहित देशभर मौसम गडबडी, आज तीन प्रदेशमा पानी पर्ने