बैंक लुटपाट
महोत्तरीमा एनएमबी बैंकको ३५ लाख लुटियो
मङ्गलबार, १६ जेठ २०८०, १५ : २४

जनकपुरधाम । महोत्तरीमा हतियार देखाएर दिददहाडै बैंक लुटिएको छ ।
दिउँसो करिब १२ः२० बजेको समयमा चार जनाको समूहमा आएको हतियारधारी समूहले महोत्तरी गाउँपालिका महोत्तरी बजारस्थित एनएमबी बैंकबाट करिब ३५ लाख रुपैयाँ लुटपाट गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी प्रकाश मल्लका अनुसार बैंकबाट करिब ३५ लाख लुटिएको बताए ।
उनले बैंक लुटेर फरार हतियारधारी समूहलाई पक्राउ गर्न सबैतिर प्रहरी खटाईसकेको बताए । ‘खोजविन तीव्र रुपमा भइरहेको छ,’ एसपी मल्लले भने,‘अपराधीलाई छिट्टै पक्राउ गरी सार्वजनिक गर्छौ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेविसंघ केन्द्रीय प्रचार प्रसार विभागको संयोजकमा महतो नियुक्त
-
साउनयता चितवन कारागारका २९ जना कैदीले लिए सुविधा
-
दिल्लीद्वारा राजस्थानसामु जितका लागि १ सय ८९ रनको लक्ष्य प्रस्तुत
-
सत्यनिरुपण तथा मेलमिलाप आयोगको पदाधिकारीका लागि १९ जनाको आवेदन
-
आँबुखैरेनीमा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु
-
करिब चार अर्बको युनिटी घोटाला : यसरी ठगिएका थिए तीन लाख ६६ हजार सर्वसाधारण