पाँचौँ उपाधि चुमेपछि धोनीको ‘मुड’ बदलियो, तत्काल सन्यास नलिने

काठमाडौं । उमेरले ४१ पुगिसकेका भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनी अझै पनि व्यावसायीक क्रिकेटमा रमाइरहेका छन् । उमेर उकालो लाग्दै गएका कारण इन्डियन प्रिमियर लिग (आईपीएल)को १६औँ संस्करणपछि उनले ब्यवसायीक खेलजीवनबाट पनि सन्न्यास लिने अनुमान गरिएको थियो ।
धोनी आफैले पनि कतिपय अवसरमा यस्तो संकेत गरेका थिए । तर, सोमबार राति धोनीकै कप्तानीमा चेन्नई सुपर किङ्ग्स पाँचौँ पटक आईपीएलको उपाधि जितेपछि भने एकाएक धोनीको ‘मुड’ बद्लिएको छ । उनले आफू अझै सक्रिय खेल जीवनमा रमाउन चाहेको बताएका छन् ।
धोनीले तत्काल सक्रिय खेलजीवनबाट सन्न्यास नलिने बताए । आफूले अझै पनि समर्थकहरुबाट अपार मायाँ पाइरहेकाले तत्काल खेलजीवनबाट सन्न्यास नलिने प्रतिक्रिया दिएका छन् । धोनी नेतृत्वको चेन्नईले सोमबार राति सम्पन्न आईपीएलको फाइनलमा बलियो प्रतिद्वन्द्वी गुजरात टाइटन्सलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा पाँच विकेटले हराएको थियो ।
चेन्नईका समर्थकहरूले पनि क्लबका लागि दोहोरो खुसीको क्षण भएको प्रतिक्रिया दिँदै सामाजिक सञ्जालहरूमा खुसीयाली मनाइरहेका छन् । एकातिर चेन्नईले पाँचौँ उपाधि जितेको खुसी अनि अर्कोतिर, धोनीले तत्काल सन्न्यास नलिने खुसी ।
‘तत्काल खेलजीवनबाट सन्न्यास नलिने धोनीको निर्णय हाम्रा लागि निकै ठुलो उपहार हो,’ चेन्नईका एक समर्थकहरूले सामाजिक सञ्जालमा भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घोराहीमा कर वृद्धि गरेपछि अभियानकर्मी आन्दोलित
-
श्रम मन्त्रालयले भन्यो– मलेसिया रोजगारीमा सिण्डिकेट लागू भएको छैन
-
ग्रामथान गाउँपालिकाका जनप्रतिनिधिको गाडी सुविधा कटौती
-
नेमकिपाको अध्यक्षमा विजुच्छेँ सर्वसम्मत चयन
-
श्रममन्त्रीसँग जापानीज राजदूतको भेट, दक्ष नेपाली कामदार लैजाने विषयमा छलफल
-
दशौँ राष्ट्रिय खेलकुदको मिति पर सार्न मिल्दैन : मुख्यमन्त्री कँडेल