प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्यो, कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान

काठमाडाैँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको छ । संवैधानिक परिषद्बाट सर्वोच्चका लागि प्रधान न्यायाधीशमा सिफारिस भएका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान गरिएको छ ।
मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको पहिलो बैठकले सार्वजनिक सूचना प्रकाशन गरी १० दिनभित्र उजुरी लिने निर्णय गरेको हो । सार्वजनिक सूचना गोरखापत्रमा प्रकाशन तथा नेपाल टिभीबाट प्रसारण गरिनेछ । समितिका जेष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा बसेको समितिको पहिलो बैठकमा कार्कीको व्यक्तिगत विवरण सांसदहरूलाई वितरण गरिएको छ ।
कार्कीमाथि लिखित रूपमा पत्रमार्फत वा समितिले सार्वजनिक गर्ने इमेलमार्फत दिन सकिने छ । उजुरीकर्ताको परिचय उनीहरूको अनुरोधमा समितिले गोप्य राख्नेछ भने बेनामे उजुरीलाई भने प्राथमिकता नदिनेबारे समितिमा छलफल भएको छ ।
गत वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्चको प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो भने सार्वजनिक सुनुवाइका लागि वैशाख २७ गते सो को जानकारी संसद् सचिवालयलाई गराइएको थियो । कार्की झन्डै १५ महिनादेखि सर्वोच्चमा कामु प्रधान न्यायाधीशको रूपमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्सामा इँटा भट्टाले खनेको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु
-
उपचार गर्न रिहा भएका धवलशमशेर राजावादी आन्दोलनमा सहभागी, तस्बिरहरू
-
सुशान्त केसीको ‘बार्दली’ को हिन्दी भर्जन बजारमा
-
सङ्खुवासभामा चट्याङ लागेर १७ वटा भैँसी मरे
-
‘पाँचौँ नेपाल म्युजिक एन्ड फेशन अवार्ड’ को मनोनयन सूची सार्वजनिक
-
बिट मार्ने तयारीमा युरोपका पाँच चर्चित लिग