संसदीय सुनुवाइ विशेष समितिको बैठक सिंहदरबारमा
मङ्गलबार, १६ जेठ २०८०, ०८ : ४६

काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक सुरु भएको छ । सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा बैठक बसेको हो ।
बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि उपस्थित छन् ।
अघिल्लो संसद् अधिवेशनको अन्तिम दिनमा संसदीय समिति गठन भएको भए पनि अझै पनि सभापति चयन हुन सकेको छैन ।
गत सोमबार सभामुख घिमिरेले सहमतिबाट संसदीय समितिको सभापति चयन गर्न नसके निर्वाचन प्रक्रियाबाट भए पनि एक साता भित्र टुङ्ग्याउन दलहरूलाई निर्देशन दिइसकेका थिए ।