कामना सेवा बैंक कपिलवस्तुमा नक्कली धितो राखी ३७ लाख ऋण प्रवाह
बुटवलमा । कपिलवस्तुको तौलिहवास्थित कामना सेवा बैंकमा नक्कली धितो खडा गरी कर्जा दिएको घटना बाहिरिएको छ ।
२०७६ साल पुस २९ गते लिएको ऋण ऋणीले साँवा व्याज नतिरेपछि धितोमा राखेको जग्गा लिलामका लागि प्रक्रिया सुरु गर्दा धितो नक्कली भएको खुलासा भएको थियो । तत्कालीन कर्मचारी तथा कर्जा लिने व्यक्तिको गलत आशय देखिएपछि अहिले मिलाउन बैंकका कर्मचारीहरूको दौडधुप चलेको छ ।
तौलिहवास्थित सुनिल ग्यास सप्लायर्सका सञ्चालक सुनिल अग्रहरिलाई नक्कली धितो रोक्का कागज बनाई ३७ लाख ऋण प्रवाह हुँदा उनले बैकले लोन प्रवाह गरेको ४ वर्षसम्म पनि व्याज, किस्ता तिरेका थिएनन् ।
तत्कालीन बैंक प्रमुख अखिलेश अग्रहरि र कर्जा शाखा प्रमुख अविनाश शुक्लाको मिलेमतोमा आमा विमलाको नाममा रहेको घर जग्गा राखेर यस अघि पनि २७ लाख ऋण लिएका सुनिल अग्रहरिले थप ऋणका लागि बैंक म्यानेजर र कर्जा शाखा प्रमुखसहित बैंक प्रतिनिधि सरिता कँडेलसँग मिलेर किर्ते रोक्का कागज बनाई बैंकबाट ३७ लाख ऋण लिएको खुलेको हो । उक्त रकम अहिले जोखिममा छ ।
अग्रहरिले कपिलवस्तु नगरपालिका–३ स्थित कित्ता नम्बर १५५२ को ५ कट्टा ६ धुर (साबिक बगरवाद गाविस ८ क) को जग्गा धितो राखेको किर्ते रोक्का कागज बनाएका थिए । बैंकमा १ वर्ष अघि धितो राखिएको भनिएको उक्त जग्गा अग्रहरिले २०७७ साल फागुन २६ गते तौलिहवाकै व्यापारी सन्तोष गुप्तालाई बेचेको तौलिहवा मालपोत कार्यालयको रेकर्डमा छ ।
त्यो बेला लोन प्रवाह गर्ने कर्जा प्रमुख र व्यवस्थापक अहिले उक्त शाखामा छैनन् । हाल बैंकमा खराब ऋणी भन्दै जग्गा लिलामी प्रक्रिया अघि बढाउँदा धितो जग्गा कागज नक्कली रहेको र रोक्का भनिएको जग्गा अर्कैले किनेको थाहा पाएपछि हालै बैंक कर्मचारी मालपोत कार्यालय पुगेका थिए ।
हालका बैंक म्यानेजर रामप्रित पालले घटना पुरानो भए पनि अहिले मिलाउने प्रयास भइरहेको रातोपाटीलाई बताए । उनले भने, ‘त्यो बेला म थिइनँ, अहिले समस्या आएपछि सल्टाउने काम हुँदैछ । छिटै हुन्छ होला, बैंक अप्ठ्यारोमा पर्दैन ।’
ठगी गर्ने त्यो बेलाका कामना सेवा बैंकका कर्जा प्रमुख अविनाश शुक्ला अहिले तौलिहवास्थित साइन रेसुङ्गा बैंक शाखा प्रमुख छन् । उनले पनि त्यो बेला घटना मिल्दै गरेको बताए । उनले भने, ‘उहाँले दुईवटा जग्गा धितोमा राख्नु भएको थियो । त्यस कारणले समस्या हुँदैन, छिटै प्रक्रियामा जान्छ ।’
कामना सेवा विकास बैंकका प्रवक्ता विनय दाहालले बैंकले राखेको जग्गा नक्कली हो कि या अर्कै प्रक्रियाको हो भन्ने विषयमा छानबिन भइरहेको बताए । बैंकका कर्मचारी मिलोमतो विषयमा पनि पनि छानबिन गर्ने तयारी भइरहेको छ ।
यो बीचको व्याज र हर्जाना कसरी सल्टाउने समस्या रहेको छ । बैंकमा लोन लिएका सुनिल भने सम्पर्कमा छैनन् । अहिले घटना लुकाउन बैंकले सुनिलकी आमा विमलाको घर रोक्का गरेर लोन असुल गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।
कपिलवस्तु मालपोत कार्यालय प्रमुख प्रमुख ऋषिराम पौडेलले जग्गाको विषयमा हालै बैंक कर्मचारी कार्यालयमा आएर सोधखोज गरेको रातोपाटीलाई बताए । उनले त्यसबेला उक्त जग्गा रोक्का नै नभएपछि अर्को व्यक्तिले नियमअनुसार खरिद बिक्री भएको बताए । उनले बैंकमा राखिएका कागजपत्र नक्कली देखिएको, त्यो लोन खानेले या बैंक कर्मचारी कसले तयार परेको हो, त्यो छानबिन पछि खुल्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेश प्रमुख देवकोटालाई दलित आयोगको प्रतिवेदन हस्तान्तरण
-
सिंगापुरमा किन बढ्दैछ नक्कली बिहे ?
-
‘एक्टरः टेक वन’ को ‘के भरोसा गरम’ गीत : दिव्या र आनासँग रोमान्टिक प्रदीप
-
बेवारिसे स्कार्पियो गाडी गौर भन्सारमा बुझाइयो
-
दीपक मनाङेको मुद्दामा सर्वोच्चले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक
-
सुनको मूल्य तोलामा १५०० रुपैयाँ घट्यो