आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

यस्तो छ विगत १० वर्षको शिक्षाको बजेट

सोमबार, १५ जेठ २०८०, २३ : १०
सोमबार, १५ जेठ २०८०

काठमाडौं । फिनल्याण्डको शिक्षा प्रणाली विश्वकै उत्कृष्ट मानिन्छ । फिनल्याण्डले शिक्षालाई प्राथमिकतामा राख्छ । यसले पहिलो प्राथमिकतामा शिक्षा, दोस्रो प्राथमिकतामा शिक्षा र तेस्रो प्राथमिकतामा शिक्षा राखेको हुन्छ । यसको अर्थ शिक्षाको विकास बिना मुलुक समृद्ध बन्न सक्दैन भन्ने उसको ठम्याई हुन्छ र सोही आधारमा अहिले विश्वका लागि उदाहरणीय बन्दै आएको छ । 

फिनल्याण्डको शिक्षा प्रणालीलाई संसारले अनुसरण गर्दै आएको छ । जबसम्म शिक्षामा प्रयाप्त बजेटको व्यवस्था गरिदिनै तबसम्म देशको विकास हुँदैन ।  तर, नेपालमा पनि शिक्षा प्राथमिकतामा त हुन्छ । तर, व्यवहारमा भन्दा पनि भाषणमा । जसको उदाहरण हो,– सरकारले ल्याउने बजेट । 

पछिल्ला वर्षहरूमा सरकारले शिक्षाको बजेट घटाउँदै आएको देखिन्छ । आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि १ खर्ब ९७ अर्ब २९ करोड रूपैयाँ बजेट विनियोजित गरेको छ । जुन कुल बजेटको ११.२७ प्रतिशत रहेको छ । 

चालु आर्थिक वर्षमा १ खर्ब ९६ अर्ब ३८ करोड बजेट छुट्याईएको थियो । जुन कुल बजेटको ११.६४ प्रतिशत हो । त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा १ खर्ब ८० अर्ब ४ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको थियो । जुन १०.९३ प्रतिशत हो । 
त्यस्तै आर्थिक वर्ष २०७७/०७८ मा १ खर्ब ७१ अर्ब ७१ करोड बजेट छुट्टयाएको थियो । जुन कुल बजेटको ११.६४ प्रतिशत थियो । 

Capture1
शिक्षा क्षेत्रमा कम्तिमा २० प्रतिशत बजेट अनिवार्य छुट्याउन माग गर्दै आएका छन् । तर, सरकारले बढाउन सकेको छैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप