आर्थिक विधेयक–कुन सवारी साधनको सडक दस्तुर कति ?
काठमाडौँ । सरकाले आगामी आर्थिक वर्षमा लाग्ने सडक दस्तुरको दर सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत आर्थिक विधेयक पारित गर्दै विभिन्न क्षमताका सवारी साधनले तिर्नुपर्ने सवारी दस्तुर सार्वजनिक गरेको हो ।
यसअनुसार मिनीबस, माइक्रोबस, ट्रक, ट्रिपर, डम्पर, लरी, ट्रकलरी, मिनीट्रक, बन्द कन्टेनरसहितको ट्रक, सिमेन्ट बल्करले वार्षिक मूल्यको ७ प्रतिशत सडक निर्माण दस्तुर बुझाउनुपर्ने व्यवस्था गरेको छ ।
यस्तै, २००० सीसीसम्मका कार, जीप, भ्यानह, सिंगल र डबल पिकअप गाडी तथा डेलिभरी भ्यानले मूल्यको ८ प्रतिशत सडक दस्तुर बुझाउनुपर्ने भएको छ भने २ हजारभन्दा माथिका कार, जीप, भ्यान, सिंगल र डबल क्याब पिकअप गाडी तथा डेलिभरी भ्यानले मूल्यको १० प्रतिशत सडक दस्तुर बुझाउनुपर्छ ।
यस्तै, धक्का दिने विद्युतीय मोटर भएका कार, जीप, भ्यान (तीन पाङ्ग्रे) बाहेकले मूल्यको ५ प्रतिशत दस्तुर तिर्नपर्ने छ भने धक्का दिने विद्युतीय मोटर भएका बस, मिनिबस, माइक्रोबसको दस्तुर मूल्यको २.५ प्रतिशत मात्र पर्ने बताइएको छ ।
यस्तै, १२५ सीसीसम्म क्षमता क्षमताका मोटरसाइकलले प्रतिगोटा १५ हजार दस्तुर बुझाउनुपर्ने छ भने १२५ देखि २५० सीसीसम्मका मोटरसाइकल स्कुटरले १८ हजार दस्तुर बुझाउनुपर्ने छ । यसका साथै, ४०० सीसीसम्म क्षमता भएका मोटरसाइलक र स्कुटरले प्रतिगोटा २० हजार दस्तुर बुझाउनुपर्ने छ भने ४०० भन्दा बढी सीसीका मोटरसाइकलको सडक दस्तुर मूल्यको १० प्रतिशत हुनेछ ।
यसका साथै, धक्का दिने विद्युतीय मोटर मात्र भएका मोटरसाइकल र स्कुटरको सडक दस्तुर १० हजार रुपैयाँ तोकिएको छ भने धक्का दिने विद्युतीय मोटर मात्र भएका तीन पाङ्ग्रे र ढुवानी साधनको सडक दस्तुर प्रतिगोटा १० हजार रुपैयाँ नै लाग्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलुको बोराभित्र लुकाएर ओसार्दै गरेको साढे २९ किलो चरेससहित तीन युवा पक्राउ
-
अमेरिकाले ‘युएसएआईडी’का ८३ प्रतिशत कार्यक्रम रद्द गर्दै
-
विषालु रसायनले भरिभराउ जहाज र तेल ट्याङ्कर ठोक्किदा भयानक दुर्घटना, ३६ जनाको उद्धार
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त