आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
नयाँ बजेट

यस्ता छन् बजेटका ६ उद्देश्य र १० प्राथमिकता

सोमबार, १५ जेठ २०८०, १९ : ४७
सोमबार, १५ जेठ २०८०

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले घोषणा गरेको बजेटमा ६ उद्देश्य र १० प्राथमिकता निर्धारण गरिएको छ । संघीय संसदलाई सोमबार सम्बोधन गर्दै महतले अर्थतन्त्रलाई गतिशील बनाई फराकिलो, दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्ने सरकारको उद्देश्य रहेको बताए ।  यस्तै गुणस्तरीय सामाजिक विकास, सुरक्षा र न्याय प्रत्याभूत गर्ने, लगानी मैत्री वातावरण निर्माण गरी निजी क्षेत्रको मनोबल उच्च पार्ने र आय तथा रोजगारीका अवसर सिर्जना गरी गरिबी न्यूनीकरण गर्ने उद्देश्य पनि सरकारको छ । 

यस्तै समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने, संघीयताको सवलीकरण र सुशासन कायम गर्ने र बजेट प्रणालीमा सुधार गरी सार्वजनिक खर्चको प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्य बजेटमार्फत सरकारले लिएको छ।   यस्तै बजेटका १० प्राथमिकतामा कृषि, ऊर्जा र पर्यटन क्षेत्रको विकास,लगानी प्रवर्द्धन, औद्योगिक विकास र व्यापार सन्तुलन, सामाजिक क्षेत्रको विकास र सामाजिक सुरक्षा रहेका छन् । 

यस्तै गुणस्तरीय भौतिक पूर्वाधार निर्माण,  डिजिटल र हरित अर्थतन्त्रको प्रवर्द्धन, वातावरण संरक्षण, जलवायु परिवर्तन र विपद व्यवस्थापन, मानव संशाधन विकास र रोजगारी सिर्जना, वित्तीय क्षेत्र सुधार, वित्तीय संघीयताको सुदृढीकरण र सेवा प्रवाहमा सुधार र सार्वजनिक वित्त प्रणालीमा सुधार पनि बजेटको प्राथमकितामा परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप