बजेट
सामाजिक, प्रशासनिक खर्च र ऋण भुक्तानीमा १२ खर्ब विनियोजन
सोमबार, १५ जेठ २०८०, १६ : ३८
काठमाडौं । यस पटकको बजेटमा साधारण खर्च वृद्धि भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सोमबार संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८०/८१ को बिनियोजन विधेयक प्रस्तुत गर्दै तलब भत्ता, सामाजिक सुरक्षा, वित्तिय हस्तान्तरण र प्रशासनिक लगायतको साधारण खर्च तथा बढ्दो ऋण भुक्तानी दायित्व व्यवस्थापन गर्नमात्र करिब रु १२ खर्व ८० अर्ब ५५ करोड विनियोजन गर्नुपरेको बताए ।
यो रकम कुल बजेटको ७३ प्रतिशतभन्दा बढि हुन आएको अर्थमन्त्तत्री महतले जानकारी दिए । ठुलो रकम यसरी छुट्याउनुपर्दा विकासका लागि श्रोत व्यवस्थापनमा चाप परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता
-
जीवी राईलाई पक्राउ गर्न मलेसियाको गृहमन्त्रीसँग कुरा गरेको थिएँ : रवि लामिछाने
-
फिलिपिन्सको राजधानीमा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन
-
आत्मानन्द गोल्डकप : सिरिजङ्घाको विजयी सुरुवात