गणतन्त्रपछि आरक्षण कोटाबाट २२ हजार बढीले सरकारी जागिर पाए
सोमबार, १५ जेठ २०८०, १५ : ३२

काठमाडौँ । गणतन्त्र स्थापनाको १५ वर्षमा २२ हजार बढीले आरक्षण कोटाबाट लोकसेवा मार्फत सरकारी सेवामा प्रवेश पाएका छन् ।
गणतन्त्र दिवसको दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार नेपालले प्रशासनिक क्षेत्रमा समावेशी प्रतिनिधित्वमा फड्को मारेको जनाइएको छ । २०६४ देखि २०७९ सम्म लोकसेवा आयोगको समावेशी प्रतिस्पर्धाबाट २२,६९२ जना महिला, आदिवासी जनजाति, मधेसी, दलित, अपाङ्गता भएका व्यक्ति र पिछडिएका क्षेत्र समूहबाट सिफारिस भएको जनाइएको छ ।
२०६४ देखि ०७९ को अवधिमा महिला ७ हजार ७५९ जना, आदिवासी जनजाति ६ हजार ७४ जना, मधेसी ४ हजार ९३८ जना, दलित २ हजार ५३ जना, अपाङ्गता भएका १ हजार ५४ जना र पिछडिएको क्षेत्रबाट ८१४ जना लोकसेवाबाट सरकारी सेवाका लागि सिफारिस भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला