मन्त्रिपरिषद् बैठक
मन्त्रिपरिषद् बैठकद्वारा बजेट पारित
सोमबार, १५ जेठ २०८०, १५ : २९

काठमाडौँ । मन्त्रिपरिषद् बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो बसेको बैठकले बजेट पारित गरेको हो ।
आज बेलुका ४ बजे अर्थ मन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छन् । यस्तै मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको विषयमा पनि निर्णयहरु गरेको छ । प्रचण्डको भारत भ्रमण जेठ १७ गतेदेखि २० गतेसम्म हुँदै छ । पुनः भोलि २ बजे मन्त्रिपरिषद् बैठक बस्ने एक मन्त्रीले बताए ।
बजेट पारित गरेलगत्तै प्रधानमन्त्रीसहित मन्त्रीहरुले सामूहिक तस्बिर खिचेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कम्युनिस्ट नेताहरूको छोराछोरी कहाँ कहाँ पढ्छन् सार्वजनिक गरौँ : सुदन किराती
-
नयाँ शक्तिद्वारा ९ जना केन्द्रीय सदस्य मनोनयन, क–कसले पाए महत्त्वपूर्ण जिम्मेवारी ?
-
पाथीभरा क्षेत्रमा भएको विवाद समाधान गर्न एमालेकाे माग
-
पाकिस्तानविरुद्ध भारतीय फास्ट बलर शामीले बनाए यस्तो खराब रेकर्ड
-
सिराहामा किशोरी मृत्यु प्रकरण : घटना ‘मिलापत्र’ गराउन खोज्ने ८ जना नियन्त्रणमा
-
एनआरएनए विवादमा सर्वोच्चको दुई पत्र : शेष घलेलाई कार्यालय बुझाउन निर्देशन (पत्रसहित)