गणतन्त्रको १५ वर्ष : निर्वाचनमा बढ्यो महिला सहभागिता

काठमाडौँ । गणतन्त्र स्थापनाको १५ वर्षमा नीति निर्माण तथा प्रशासनिक क्षेत्रमा समावेशी प्रतिनिधित्व बढेको छ ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रकाशन गरेको विवरण अनुसार २०४८, २०५१ र २०५६ को संसदमा भएको महिला प्रतिनिधित्वको तुलनामा गणतन्त्रपछिको प्रतिनिधित्व उल्लेख्य रुपमा वृद्धि भएको छ ।
यस्तै संवैधानिक पदाधिकारीमा महिला र पुरुषको अनुपात ८ः९२ पुगेको छ ।
२०४९ सालमा भएको निर्वाचनमा स्थानीय तहमा ० दशमलव ६२ प्रतिशत महिला प्रतिनिधित्व भएकोमा २०५४ सालको निर्वाचनमा ११ दशमलव ७७ प्रतिशत, २०७४ सालको निर्वाचनमा ४० दशमलव ९६ प्रतिशत र २०७९ सालमा भएको निर्वाचनमा ४१ दशमलव २३ प्रतिशत महिला सहभागिता बढेको छ ।
यस्तै प्रतिनिधि सभाको निर्वाचनमा पनि महिला सहभागिता बढेको छ । २०४८ सालमा ३ दशमलव ९ प्रतिशत, २०५१ सालमा २ दशमलव ९३ प्रतिशत, २०५६ सालमा ५ दशमलव ८५ प्रतिशत, २०६४ सालमा ३२ दशमलव ७८ प्रतिशत, २०७० सालमा २९ दशमलव ४५ प्रतिशत, २०७४ साल र २०७९ सालमा पनि ३३ प्रतिशत महिला सहभागिता बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगारी सिर्जनादेखि विदेशी मुद्रा आर्जन गर्दै नेपाली चिया
-
खुम्बु क्षेत्रमा भारी हिमपात
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, के गर्ला निर्णय ?
-
सन् २०२८ सिजनबाट आईपीएलमा खेल सङ्ख्या बढाएर ९४ पुर्याउने योजना
-
भर्ना अभियान प्रभावित हुँदा साढे पाँच लाख थान पुस्तक गोदाममै थन्किए
-
पुटिनले गरे अस्थायी युद्धविरामको घोषणा