गणतन्त्र पछिका १५ वर्ष : चारवटा राष्ट्रिय गौरवका आयोजनाको निर्माण सम्पन्न

काठमाडौँ । राष्ट्रिय योजना आयोगले गणतन्त्र आएपछि निर्माण सम्पन्न भएका राष्ट्रिय गौरवका आयोजनाको सूची सार्वजनिक गरेको छ । गणतन्त्र दिवसको अवसर पारेर आयोगले २०६४ सालयता हालसम्म सम्पन्न भएका गौरवका आयोजनाको सूची सार्वजनिक गरेको हो ।
यो सूचीमा दोलखामा निर्माण सम्पन्न भएर बिजुली उत्पादन गरिरहेको माथिल्लो तामाकोसी आयोजनाको सूची पहिलो नम्बरमा छ । ४५६ मेगावाट क्षमताको यो आयोजना २०७९ सालमा निर्माण सम्पन्न भएको थियो । ३५ अर्ब रुपैयाँ लागत अनुमान गरिए पनि ब्याजसहित करिब ८० अर्ब रुपैयाँ लागतमा यो आयोजनाको निर्माण सम्पन्न भएको हो । यसपछि, करिब २५ वर्षअघि योजना बनेको मेलम्ची खानेपानी आयोजनाको समेत निर्माण सम्पन्न भएको आयोगले जनाएको छ । गत वर्ष २०७९ सालको असार पहिलो साता आएका बाढीबाट क्षति पुगेपछि भने यो आयोजनाको निर्माण पूर्ण रुपमा सम्पन्न भएको छैन ।
अकास्मत आएको बाढीका कारणले आयोजनाको हेड बक्समा पूर्ण रुपले क्षति पुगेपछि वर्षा याममा भने आयोजना बन्द रहन्छ । यद्यपि, हिउँद याममा आयोजनाले काठमाडौँको खानेपानी समस्यालाई आंशिक रुपमा समाधान गर्दै आइरहेको छ ।
यसैगरी, क्षेत्रीय विमानस्थलहरू गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल समेत गणतन्त्र आएपछि बनेका आयोजना हुन् । २२ अर्ब रुपैयाँको लागतमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागत ३२ अर्ब हाराहारी छ । यी दुई विमानस्थलको निर्माण सम्पन्न भए पनि अन्तर्राष्ट्रिय उडान भने भइरहेको छैन । भारतले हवाई स्पेस नदिँदा र नेपाल सरकारले ध्यान नपुर्याउँदा आयोजनामा अन्तर्राष्ट्रिय उडान भइरहेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबिच समझदारीपत्रमा हस्ताक्षर
-
‘पोखरा–छेन्दु उडान नियमित गर्न सबैको सहयोग आवश्यक’
-
वायु प्रदूषण न्यूनीकरणका लागि तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण
-
तीनकुनेको प्रदर्शनमा ट्राफिक लाइट फुटाएको आरोपमा एक जना युवक पक्राउ
-
१० बजे १० समाचार : भैरहवा कारागारको ४ नम्बर ब्लकमा रविदेखि माओवादीको ८ बुँदे सर्कुलरसम्म
-
सामुदायिक वनभित्र महिलाको शव फेला