शनिबार काठमाडौँमा मिष्टर नेपालको प्रतियोगी छानिने
काठमाडौँ । न्युलुक ‘मिष्टर नेपाल २०२३’ को काठमाडौँ अडिसन आगामी शनिबार आयोजना हुने भएको छ । देशको विभिन्न स्थानको अडिसनपछि आयोजकले छनौट चरणको अन्तिम अडिसन काठमाडौँमा गर्न लागेको हो ।
काठमाडौँ अडिसन शनिबार पानीपोखरी स्थित वालनट बिष्ट्रोमा हुने आयोजक नेक्स्ट मोडल्स्का सिइयो रवि धमलाले जानकारी दिए ।
गत वैशाख २९ गते दमकबाट सुरु भएको पहिलो चरणको अडिसन विराटनगर, जनकपुर, चितवन, बुटवल, पोखरापछि काठमाडांैमा हुन लागेको हो । सबै अडिसन सकिएपछि प्रतियोगीताका लागि ३० अन्तिम प्रतियोगी सार्वजनिक गर्ने आयोजकले योजना छ ।
यो पटक मिष्टर नेपाल ‘न्युलुक मिष्टर नेपाल’ को नामबाट आयोजना हुँदैछ । प्रयोगक न्युलुक ब्युटिफर लाइफले भएको कारण नामको अगाडि न्युलुक जोडिएको हो । १६ देखि ३२ वर्ष ननाघेका युवाहरुको सहभागिता रहने प्रतियोगितामा ५ फिट ८ इन्चमाथि उचाइ भएका नेपाली नागरिकले सहभागिता जनाउन सक्नेछन् ।
आयोजक नेक्स्ट मोडल्सले यो पटक प्रदेश नम्बर १ मा रोनक अग्रवाल, मधेश प्रदेशमा विक्रम आदित्य महासेठ, लुम्बिनी प्रदेश प्रशान्त शाह, गण्डकी प्रदेशमा आशिष पुरी प्रदेश निर्देशक समेत नियुक्त गरेको छ ।
प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वल्र्ड २०२३’ वा ‘मिष्टर ग्लोवल २०२३’ मा नेपालको प्रतिनिधित्वको अलवा ५ लाख बराबरको पुरस्कार हात पार्नेछन् ।
देशैभरिका अडिसनबाट छानिएका अन्तिम ३० प्रतियोगीले मात्र अन्तिम प्रतिस्पर्धाको तयारी कक्षा स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी विषयको प्रशिक्षणमा सहभागी हुनेछन् ।
प्रतियोगितामा नेपालको आन्तरिक पर्यटनको विकासका लागि समेत विभिन्न गतिविधि सञ्चालन हुने आयोजक नेक्स्ट मोडल्स नेपालकी प्रवन्ध निर्देशक यत्ना पाण्डेले जानकारी दिइन् ।
‘प्रतियोगिता विगतको भन्दा अझ भव्य बनाउन आफू लागिपरेको छु,’ धमलाले भने,‘यो वर्ष ‘मिस्टर नेपाल’ नेपालमा आयोजना हुने सबै सौन्दर्य प्रतियोगिता भन्दा भव्य हुनेछ’ । युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले यो प्रतियोगिता २००१ देखि नियमित आयोजना हुँदै आएको हो । प्रशान्त ताम्राकारको कोरियोग्राफी रहने प्रतियोगीताका लागि आवेदन फर्म खल्ती एपबाट भर्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तपाईँको यो साता कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता
-
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
-
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
-
आन्तरिक राजस्वमा ४० प्रतिशत वृद्धि, सशर्त, समपूरक र विशेष अनुदानमा २२.१ प्रतिशतले कमी
-
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा