करिब दुई दर्जन कलाकर्मी एकसाथ सम्मानित

काठमाडौँ । करिब दुई दर्जन कलाकर्मी एकसाथ सम्मानित भएका छन् । राष्ट्रिय सङ्गीतकर्मी सङ्घ काठमाडौँले आयोजना गरेको ‘राष्ट्रिय स्रष्टा सम्मान तथा बृहद सांस्कृतिक कार्यक्रम’ कलाकर्मीलाई एकसाथ सम्मान दिइएको हो ।
कार्यक्रममा सम्मानित हुनेमा वरिष्ठ गायिका ज्ञानु राना, गायक घमेश दुलाल, नवराज घोरासैनी, यसकुमार, रामचन्द्र काफ्ले, ओम सुनार, जुनु रिजाल, पल्मु शेर्पा, गीतकार राजेन्द्र पुरी, मोडेल अमन श्रेष्ठ, आर्यन राउत, गणेश राज भण्डारी, शोभा थापा, रमन रायमाझी, प्रकाश पुरी र छायांकार नरेश ऐर, सङ्गीतकार एरेन्जर दीपकराज विश्वकर्मा, गायक सङ्गीतकार एरेन्जर पुस्कर सुनुवार, एडिटर विष्णु खड्का, सङ्गीतकार कलाकार दिलीप के.सी, गीतकार समाजसेवी प्रतिमा गुरुङ, कलाकार नलिना परियार, गीतकार शंकरदेव कँडेल, गुरु भोटिया, रंग पत्रकार कुबेरराज गिरी, राजेन्द्र विक्रम शाही लगायत रहेका थिए ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन, राष्ट्रिय सङ्गीतकर्मी सङ्घका अध्यक्ष निरेन श्रेष्ठ लगायतले खादा तथा सम्मान पत्रले सबैलाई सम्मानित गरेका थिए । उक्त अवसरमा म्युजिक भिडियो निर्देशक बबिता श्रेष्ठ, पप गायक दीपेश वैद्य, निमा पाख्रिन लामा, मोडेल एलिजिबा पुर्जा पुनलाई संघको मानार्थ सदस्य समेत वितरण गरिएको थियो ।
विभिन्न सांस्कृतिक कार्यक्रम सहित सम्पन्न कार्यक्रम ३ घण्टासम्म चलेको थियो । कलाकर्मीको योगदानको मूल्याङ्कन गर्दै उच्च सम्मानका लागि कार्यक्रम आयोजना गरिएको आयोजक सङ्गीतकार सङ्घका अध्यक्ष निरेन श्रेष्ठले बताए । श्रेष्ठ म्युजिक भिडियो निर्देशक पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्तिनाथ गुठीको १७ हजार रोपनी जग्गा भोगचलन गर्नेको पोल्टामा
-
चारदेशीय टी-२० आई सिरिजः नेपाल कुवेतसँग खेल्दै
-
यस्तो छ आज विदेशी मुद्राको दरभाउ
-
च्याम्पियन्स लिगमा पीएसजीको महत्वपूर्ण जित, अर्को भिडन्त भिल्ला पार्कमा
-
च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार जित, राफिन्हाले मेस्सीको रेकर्ड तोडे
-
दिल्लीलाई उछिन्दै गुजरात आईपीएलको शीर्ष स्थानमा