‘म्यान अफ दि वर्ल्ड’ मा सहभागी हुन लागेका विशाललाई ओली दिए शुभकामना
![‘म्यान अफ दि वर्ल्ड’ मा सहभागी हुन लागेका विशाललाई ओली दिए शुभकामना](https://npcdn.ratopati.com/media/news/kp-bishal-katuwal_X0j293AxaG.jpg)
काठमाडौँ । फिलिपिन्सको मनिलामा आयोजना हुने ‘म्यान अफ दि वर्ल्ड २०२३’ मा नेपालको प्रतिनिधित्व विशाल कटुवालले गर्ने भएका छन् । आगामी जुन १६ तारिखमा आयोजना हुने प्रतियोगितामा उनी नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन लागेका हुन् ।
फिलिपिन्सको प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न लागेका विशाललाई पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बधाई तथा शुभकामना दिएका छन् । बालकोटस्थित ओली निवासमा भएको भेटमा विशाललाई उनले नेपालको झन्डा समेत दिएका थिए ।
पेसाले इन्जिनियर रहेका विशाल कलाकारिताको क्षेत्रमा समेत क्रियाशील छन् । फिल्म ‘यात्रा’ मा सह कलाकारको रूपमा अभिनय गरेका उनले केही म्युजिक भिडियो र थुप्रै र्याम्प शो समेत गरेका छन् । विशाल ‘मिस्टर नेपाल वर्ल्ड २०२२’ का रनर अप समेत हुन् ।
प्रतियोगिताका नेपाल र नेपाल कला संस्कृति चिनाएर फर्किने विशालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समकालीन कथामा जनयुद्धको प्रतिविम्बनका कलात्मक आयाम
-
सात महिनामा डेढ लाख सवारी लाइसेन्स छापियो
-
दक्षिण कोरिया बन्दरगाह शहर आगलागी : मृत्यु हुनेको संख्या ६ पुग्याे
-
रुससँगको शान्ति वार्तामा युक्रेनलाई पनि संलग्न गराउने ट्रम्पको प्रतिबद्धता
-
शनिबार बिहानको बूढानीलकण्ठ मन्दिर : भक्ति, शान्ति र परम्पराको जीवन्त चित्र
-
‘संसद्मा जनताका विषयवस्तु उठाएर मात्रै हुँदैन, कार्यान्वयन गर्नुपर्छ’