‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को छैठौं संस्करण अमेरिकाको न्यूयोर्कमा हुने
काठमाडौँ । ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को छैठौं संस्करण अमेरिकाको न्यूयोर्कमा आगामी अगष्ट १२ मा आयोजना हुने भएको छ । ‘नेपाली चलचित्र गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको यो अवार्ड चलचित्रकर्मीलाई सम्मान र पुरस्कारमार्फत प्रोत्साहन गर्ने हेतुले सुरु भएको हो ।
यो वर्षको अवार्ड न्यूयोर्क क्विन्स शहरको मेलरोज बलरुममा हुने ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठले जानकारी दिए । एटिए एभरेष्ट इन्स्योरेन्सको मुख्य प्रायोजन र सुनिल पाठक एजेण्ट अल स्टेट इन्स्योरेन्स कम्पनिको सह–प्रायोजन अवार्डमा रहने अवार्डका संरक्षक तथा नेपाल फिल्म सोसाइटीका केन्द्रीय अध्यक्ष कृष्ण मल्लले बताए । अवार्डको अघिल्लो पाँंच संस्करण कोलोराडो र सनफ्रान्सिस्कोमा भएको थियो ।
नेपाल रहने र अमेरिकामा बस्ने कलाकर्मीको पुनर्मिलन गर्न समेत अवार्डले महत्वपूर्ण भूमिका खेल्न निर्देशक नारायण पुरी बताउँछन् । उनले भने, ‘अवार्डले विदेशमा नेपाली चलचित्रको प्रबर्द्धन पनि गर्छ । नेपाली मौलिक कला, संस्कृतिलाई संसारभर परिचित समेत गराउँछ ।’ अवार्डको लागि चलचित्र छनोट समिति गठन भइसकेको छ । अवार्डको विधा, जुरी र विस्तृत जानकारी केही दिनमा सार्वजनिक गर्ने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध तरिकाले नेपाल प्रवेश गर्न खोज्ने दुईजना चिनियाँसहित ३ पक्राउ
-
देशद्रोहको आरोपमा जेल पठाइए बंगलादेशको इस्कोनसँग सम्बद्ध चिन्मय कृष्ण दास
-
स्थानीय महिलाका लागि उपयोगी ‘शनिबारीय मेला’
-
खाल्डोमा डुबेर बालकको मृत्यु
-
सामाजिक सुरक्षाले श्रमिकहरूलाई उत्साहित तुल्याएको छ : मन्त्री पौडेल
-
नेपाल प्रिमियर लिग खेल्न आइपुगे वाल्टन