विद्युतीय सवारी प्रयोगका व्यवधान
पछिल्लो दशक विश्वमा अत्यधिक मात्रमा प्रदूषणको वृद्धि हुँदै गएको छ । बढ्दो प्रदूषण नियन्त्रणका लागि विभिन्न सम्मेलन र सचेतनाका कार्यक्रमहरू हुँदै आएका छन् । हरेक वर्ष जुन महिनाको ५ तारिखका दिन विश्व वातावरण दिवस मनाइँदै आएको छ । त्यसले वातावरण प्रदूषणमा विश्वमा गरिएका प्रयास र उपलब्धिका बारेमा विस्तृत चर्चा हुन्छ । साथै आगामी दिनमा वातावरण प्रदूषण कम गर्नका लागि रणनीतिहरू पनि तय गर्छ ।
बढ्दो प्रदूषण कम गर्न विश्वले अहिले जैविक इन्धन (पेट्रोलियम पदार्थ तथा ग्याँस) को सट्टा विद्युतीय, सोलार जस्ता नवीकरण ऊर्जाको प्रयोगमा जोड दिइरहेको छ । विश्व बजार कब्जा गरेका पेट्रोलियम पदार्थबाट सञ्चालन हुने गाडी विस्थापित गर्दै विद्युतीय सवारीको निर्माण र विकासमा विभिन्न राष्ट्रहरूले जोडा दिँदै आएका छन् ।
रोबर्ट एन्डर्सनले सन् १८३२ मा पहिलो पटक विद्युत्बाट चल्लने सवारीसाधन आविष्कार गरेका थिए । तर त्यसप्रतिको आकर्षणका कमीले सन् १८७० सम्म विस्तृत विकास हुन सकेन । सन् १८८४ देखि भने विद्युतीय कारको विकास गर्न विश्वका वैज्ञानिकहरू लागे । त्यसपछि मात्र अहिलेको अवस्थामा आएको हो ।
विद्युतीय सवारी साधनहरू ब्याट्रीद्वारा सञ्चालित हुन्छन् । तर अहिले पेट्रोल र विद्युत् दुवैको प्रयोगबाट चल्ने सवारी साधनहरू पनि विकास भइरहेका छन् । त्यस्ता गाडीलाई प्लग इन हाइब्रिड इलेक्ट्रिक भेइकल्स भनिन्छ । त्यस्ता सवारीसाधनमा पेट्रोल र बिजुलीसँगै प्रयोग गर्न सकिन्छ । यस्ता विद्युतीय सवारीमा इन्टरनल कम्बस्चन इन्जिन र मोटरको प्रयोग भएको हुन्छ । यस किसिमका सवारीमा लगभग १२० भोल्टसम्म विद्युत्को प्रयोग गर्न सकिन्छ ।
अहिले डोङफेन मोटर कर्पोरेसन कम्पनी चीनको विद्युतीय सवारीसाधन उत्पादन गर्ने उत्कृष्ट कम्पनीमध्येमा परेको छ । चीनमा सन् २०१७ देखि डोङफेन मोटोर उत्पादन कम्पनीले विद्युतीय सवारी उत्पादन गर्न थालेको देखिन्छ । सन् २०२१ मा यस कम्पनीले चीनमा सबैभन्दा बढी विद्युतीय सवारीसाधन बिक्री गरेको देखिन्छ । चीनमा हाल बिवाइडी, डिएफएम, जिडब्ल्युएम, च्याङगन अटोमोबाइल, साइक मोटर, जेङ, गिली, एलआई अटो ब्रान्डका विद्युतीय सवारी उत्पादन गर्ने गर्दछन् ।
विश्वमा उत्पादन हुने कुल विद्युतीय सवारीसाधनमध्ये ५७.४ प्रतिशत चीनमा उत्पादन हुने गर्दछ । त्यसैले विश्वभरिमा सबैभन्दा बढी विद्युतीय सवारी उत्पादन गर्ने देशको रूपमा चीन चिनिन थालेको छ । सन् २०२१ मा मात्र चीनले लगभग ५ लाख विद्युतीय सवारी साधन निर्यात भएको थियो ।
उत्पादन मात्र होइन अहिले चीनमा विद्युतीय सवारी साधनको प्रयोग पनि दिनप्रति दिन बढ्दै गएको छ । त्यहाँको सरकारले विद्युतीय सवारीका लागि आवश्यक पर्ने चार्जर स्टेसन हरेक सडकमा बनाएको छ । चीनको उहानमा सरकारले मोटरसाइकल प्रयोगकर्ताका लागि ग्यासोलाइन बाइकहरू प्रयोगमा रोक लगाएको छ । त्यसले गर्दा उहानको क्षेत्रको वातावरण अति नै सफा र सुन्दर बन्दै गएको छ ।
चीनमा विद्युतीय सवारी चार्जिङका लागि बनाइएका स्टेसन ।
विश्वमा विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गए पनि नेपालमा यसको आकर्षण खासै बढ्न सकेको देखिँदैन । सन् २०२२÷२३ विवरणअनुसार यातायात व्यवस्था विभागमा हाल सम्म ५,७७० विद्युतीय सवारी साधन दर्ता भएका छन् । जुन यो वर्षको कुल रजिस्ट्रेसनको २१.८ प्रतिशत मात्रै हो । बदलिँदो प्रविधिसँगै विकास भएका बिजुली गाडीको प्रयोगमा प्रोत्साहन गर्न सरकारले आफ्ना नीति तथा योजनामा ग्यास, डिजेल तथा पेट्रोलबाट चल्ने सवारी साधलाई विस्थापित गरी विद्युतीय सवारी प्रयोगमा प्रोत्साहन गरे पनि आर्कषण बढेको देखिँदैन । यसको प्रमुख कारण विद्युतीय सवारीका लागि आवश्यक पर्ने चार्जर स्टेसनहरूको कमी पनि हो । यसका साथै इन्पुट सप्लाई पावर तथा भोल्टेज जोडनमा प्रयोग हुने तारको साइज र त्यस प्रविधिको विकासका लागि सरकारको ध्यान पुग्न सकेको छैन ।
पछिल्ला केही वर्षदेखि सरकारले बजेटमार्फत नै सरकारी कार्यालयहरूमा विद्युतीय सवारी साधन प्रयोग गर्न प्रोत्साहन गर्ने नीति लिएको छ । सवारीसाधन खरिद गर्दा विद्युतीय नै खरिद गर्ने नीति राखे पनि कार्यान्वयनका पक्षमा जटिलता देखिएको छ । किनभने विद्युतीय सवारीका लागि आवश्यक पर्ने आधारभूत पूर्वाधार वा उपकरणहरू जस्तैः चार्जिङ स्टेसन जस्ता प्राविधिक पक्षमा सरकारको ध्यान नभएको कुरा अवगत नै छ ।
यातायात व्यवस्था कार्यालयमा दर्ता विवरणअनुसार नेपालमा करिब ३.१ प्रतिशत जनसङ्ख्याले चारपाङ्गे्र सवारी प्रयोग गदर्छन् भने २७.३ प्रतिशतले मोटरसाइकल प्रयोग गर्दछन् । पहिले सरकारले उपत्यकाभित्रबाटै विभिन्न योजना लिएर चारपाङ्ग्रे सवारीलाई विद्युतीय सवारीका लागि (दुईपाङ्ग्र र चारपाङ्ग्रे) प्रयोगकर्ता बढाउन सकियो भने यसबाट अरू सहरमा आकर्षण बढ्दै जाने देखिन्छ । सुविधासहित खरिद प्रक्रिया अगाडि बढाउँदा सरकारी विद्युतीय गाडीको पनि सही उपयोग देखिन्छ, नभए सरकारी गाडीको प्रयोगमा समस्या देखिनेछ । त्यसले गर्दा हामी पट्रोल, डिजेल सवारी मात्रै देख्ने छौँ । विद्युतीय सवारी खरिद गर्ने नीतिभन्दा पहिला हरेक कार्यालयमा चार्जिङ स्टेसनको व्यवस्था गर्नुपर्छ । सरकार सवारी रूपान्तरणबाट आउने समस्याबाट सुरक्षित अवतरण गर्न यातायात व्यवस्था कार्यालयका प्राविधिकहरूलाई सोहीअनुसारको तालिम दिँदै नयाँ जनशक्ति उत्पादनमा समयमै ध्यान दिनुपर्दछ । जनतालाई विद्युतीय सवारीमा आकर्षण बढाउन सवारी दर्ता हुने निकाय यातायात व्यवस्था कार्यालयबाट उचित परामर्श दिएर उपभोक्तालाई विश्वास दिलाउनु पर्दछ । सुरुमा किन्दा महँगो भए पनि यसको सञ्चालन तथा मर्मत खर्च धेरै नै कम हुने छ भनेर आम उपभोक्तालाई विश्वस्त पार्न सक्नुपर्छ ।
त्यसैगरी विद्युतीय सवारी साधन खरिदका लागि सरकारले बैङ्कको व्याजदर सस्तो बनाइदिनु पर्छ । सडक दस्तुर, दर्ता प्रक्रियामा सहुलियत दिनुपर्छ । भन्सार छुट र निःशुल्क पार्किङ जस्ता दीर्घकालीन तथा अल्पकालीन नीतिनियम ल्याउनुपर्दछ । यसबाट पेट्रोलियम पदार्थको आयातबाट हुने व्यापार घाटा कम हुनुका साथै प्रदूषण नियन्त्रणमा सहयोग गर्दछ ।
लेखक चीनस्थित उहान विश्वविद्यालयमा भेहिकल इन्जिनियरिङमा स्नाकोत्तर गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
माथिल्लो कर्णाली आयोजना : १६ वर्षदेखि लगानीको प्रतीक्षा, दुई महिना म्याद बाँकी
-
इङ्गल्यान्डका चर्चित क्रिकेटर रवि बोपराले चितवन राइनोजबाट खेल्ने
-
राष्ट्रपति पौडेल स्वदेश फिर्ता
-
फ्राईडे रिलिज : देशभर ‘ह्रस्व दीर्घ’ प्रदर्शनमा
-
दार्चुला दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या ८ पुग्यो