आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बालकथा : गधाको मूर्खता

सोमबार, १५ जेठ २०८०, १० : ४९
सोमबार, १५ जेठ २०८०

धेरै पहिलेको कुरा हो । एक पटक मत्ता हात्तीसँग भएको झगडाका कारण एउटा सिंह नराम्ररी घाइते भयो । फलतः उसले शिकार गर्न सकेन र निकै दिनसम्म भोकै रहनुप¥यो ।  जब भोकले ज्यानै जाला जस्ता भयो तब सहयोगी स्यालसँग भन्यो–
स्याल भाइ ! यसरी कति दिन चल्ला र खोइ ? कुनै तरिकाले समाधान निकाल्नुपर्छ जस्तो लाग्छ तिमी के भन्छौ ?’

तत्कालै स्यालले भन्यो–
‘के गर्ने त वनराज ! तपाईँ शिकारमा जान सक्नुहुन्न । आफू ठहरेँ सेवक, तपाईँकै जुठोपुरो खाएर बाँच्ने प्राणी ।’
त्यसपछि सिंहले लामो सास फेर्दै भन्यो–

‘हो, शिकारमा जान त सक्दिन तर कसैलाई नजिक भेटेमा एकै झापुले ढाल्ने तागत भने अझै छ । त्यसैले सक्छौ भने कसैलाई फकाएर ल्याउने काम गर । यदि यति गर्न सक्यौ भने पक्कै हाम्रो काम बन्नेछ ।’ 
सिंहको कुरा सुनेर स्याल जनावरको खोजी हिँड्यो । केही पर पुग्ने बित्तिकै उसले खेतमा चरिरहेको एउटा गधालाई देख्यो र नजिक गएर भन्योे–
‘ओ हो मित्र ! के सारो दुब्लाको ? मालिकले पेटभरी खान पनि दिन्नन् के हो ? केही अघि त निकै हृष्टपुष्ट देखिएका थियौ ।’
स्यालको कुरा सुनेर गधाले दुःखित हुँदै भन्यो–

‘हो मित्र ! त्यस्तै बुझ । मालिकलाई त कामको मात्र वास्ता छ । खाना त नाम मात्रकै हुन्छ । त्यसैले कामबाट फुर्सद मिल्ने बित्तिकै चर्न यतै आउने गर्छु ।’
स्यालले यही निहुँमा गधलाई फसाउने निधो ग¥यो र थप चिप्लो घस्दै भन्यो–

‘धन्दा नमान मित्र ! सहयोगका लागि यो साथी हाजिर छ । चाहन्छौ भने अहिले नै कुनै जङ्गलको घाँसे मैदानमा लिएर जान सक्छु ।’
जङ्गलको कुुरा सुन्ने बित्तिकै गधाले सशङ्कित हुँदै भन्यो–
‘भयो मित्र ! यहीँ ठीक छु । जङ्गलमा ठूला जनावरको डर हुन्छ ।’ 
स्यालले थप चाप्लुसी देखाउँदै भन्यो–

‘ओ हो मित्र ! के कुरा ग¥या त्यस्तो ? थोरै त्यस्तो स्थानमा लान्छु । बुझ त्यो स्थान मेरो आफ्नै हो, जहाँ निर्धक्क चर्न सक्छौ । अँ एउटा कुरा । त्यहाँ केही समयदेखि एउटी गर्धभी कन्या पनि बस्दै आएकी छिन् । उपयुक्त वरको खोजीमा आकी रे । के थाहा तिम्रो लगन जुर्ने पो हो कि ?’ 
स्यालको कुरामा विश्वास गरी गधा उसको पछि लाग्यो । शिकार नजिक आएको देखेपछि सिंह खुसी हुँदै आक्रमण गर्ने प्रयास ग¥यो तर भइदियो के भने सिंहलाई देख्ने बित्तिकै गधाले यसरी सुइँकुच्चा ठोक्यो कि ऊ हेरेकोहे¥यै भयो ।  
त्यसपछि स्यालले सिंहलाई होच्याउँदै भन्यो–

‘वनराज ! निकै बलवान सोचेको थिएँ तर तपाईँ त नामर्द हुनुहुँदो रहेछ । गधाको समेत शिकार गर्न सक्नुभएन । बल्ल बुझ्दैछु हात्तीले त्यति सजिलै किन पछारेको रहेछ भन्ने कुरा ।’
सिंहले लज्जित हुँदै भन्यो–

‘कुरा त्यसो होइन भाइ ! यदि एक झापड लगाउन पाएको भए पक्कै बचेर जान सक्ने थिएन तर के गर्ने आज यस्तै भयो । यदि पुन एक पटक फकाएर ल्याउन सक्छौ भने विश्वास गर उम्केर जान दिने छैन ।’
त्यसपछि स्यालले भन्यो–

‘उसलाई पुन फकाएर ल्याउन त्यति सजिलो त छैन । तैपनि प्रयास गर्छु तर यस पटक चाहिँ फुत्किन दिनुहुने छैन ।’
यति भनेर ऊ पुन गधाको खोजी गर्न गयो ।  केही पर पुग्ने बित्तिकै गधालाई कुनै रुखमुनि बसेर सुस्ताइरहेको देख्यो पनि । त्यसपछि बिस्तारै गधाको नजिक गएर पुनः चिल्लो घस्दै भन्यो–
‘होइन मित्र ! किन त्यसरी भागेको ? घाँसे मैदान त्यसकै नजिक थियो त ।’

गधाले भन्यो–
‘अँ खुब ! मलाई थाहा छैन र । फकाएर कुनै डर लाग्दो जनवारको नजिक लाँदै थियौ तिमी ।’ 
स्यालले अर्को पाशा फ्याँक्दै भन्यो–
‘हरे मित्र ! कसरी सम्झाउँ । कहाँ त्यो डर लाग्दो जनावर थियो र । त्यही त थिइन् गर्धभी कन्या, जो तिमीलाई देख्ने बित्तिकै नजिक आउन खोज्दै थिइन् तर तिमी भने कुरै नबुझी भाग्यौ वा । के सोची होलिन् विचरीले । अझै पनि मौका छ । चाहन्छौ भने पुनः उनी समक्ष लान सक्छु तर पहिले जस्तै भागेर चाहिँ नहिँड्नु नि ।’ 
गधा पुनः स्यालको चिप्लो कुरामा विश्वास गरी पछि लाग्यो तर सिंह यतिबेला यति सावधानीपूर्वक बसेको थियो कि नजिक पुग्नासाथ एकै झापुमा क¥यापकुरुप पा¥यो । 
गधालाई मारेपछि सिंहले खुसी हुँदै भन्यो–

‘अब चिन्ता छैन स्याल भाइ ! केही दिनका लागि भोक ट¥यो । बरू म स्नान गरेर आउँछु त्यतिबेलासम्म शिकारलाई कुरेर बस्नु ।’ 
यति भनेर सिंह स्नान गर्न गयो । स्याल शिकार कुरेर बस्यो तर सिंहले फर्कन बेर गरेकोले उसले भोक थाम्न सकेन र गधाको गिदी निकालेर खायो । आफू आइपुग्दा गधाको गिदी नदेखेर सिंहले रिसाउँदै भन्यो–
‘के हो यो ? एक छिन पनि धैर्य गर्न सकिनस् । कुरेर बस्नु भनेको त उल्टै गिदी नै खाइसकिस होइन ? अब तेरो जुठो कसरी खाने मैले ?’

स्यालले सम्झाउँदै भन्यो–
‘कुरा त्यसो होइन वनराज ! यस गधाको गिदी नै थिएन । गिदी भएको भए थोरै एकपटक मृत्यृुको मुखबाट उम्केपछि पुनः फर्केर आउँथ्यो ?’
सिंहलाई स्यालको कुरा ठीकै लाग्यो । उनीहरू दुवै मिलेर भोजन गर्न लागे ।

यसरी स्यालको चिल्लो कुराको पछि लागेर गधाले अकालमा ज्यान गुमाउनुप¥यो । बूढापाकाले रोटी चिल्लो मीठो कुरा खस्रो मीठो त्यत्तिकै कहाँ भनेका रहेछन् र भन्या । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप