पूर्वराजा शाहलाई राप्रपाको अध्यक्ष बनेर बस्न आग्रह

सुर्खेत । नेकपा एमालेका कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको अध्यक्ष बनेर बस्न आग्रह गरेका छन्। १६ औँ गणतन्त्र दिवसको अवसरमा कर्णाली प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
यसअघि शनिबार पूर्व राजा शाह सुर्खेत आएर गरेको सम्बोधनको विषयलाई लिएर कँडेलले प्रतिवाद गरे । उनले भने, 'पूर्वराजालाई पार्टीको अध्यक्ष बनेर बस्दा हुन्छ। राप्रपालाई आफ्नै पार्टीको अध्यक्ष बनाएर हिँड्न आग्रह गर्दछु ।'
उनले गणतन्त्रमाथि प्रश्न उठिरहेको बनाउँदै गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताए। उनले भने, ‘हामी गणतन्त्रवादीहरूले बुझेर स्थापित गर्न सक्नुपर्छ ।
सबैलाई एउटै डालोमा हाल्ने काम भए त्यो राम्रो हुँदैन। एउटा राजा होइन धेरै राजा भए भनेर जनताको सेवक होइन भन्ने गरिएको छ । ज्ञानेन्द्र शाह जस्ता आएर कहिले हिन्दु धर्ममा नाममा अन्य केहीका नाममा गणतन्त्रमाथि धावा बोल्ने काम गरिरहेका छन्।’ व्यवस्थालाई प्रयोगका रूपमा अहिले हुनेहरूले न लिन उनको आग्रह थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सन्तानकी आमाले १२ कक्षा पढ्दै गरेका ‘प्रेमी’सँग गरिन् बिहे
-
घुम्ती प्रयोगशालासहित महानगर र विभागको संयुक्त टोली बजार अनुगमनमा
-
डिपोर्टेशनका लागि युद्ध कानून प्रयोग गर्न ट्रम्पलाई अदालतले दियो अनुमति
-
उपसचिवको लिखित परीक्षामा १२ जना उत्तीर्ण (सूचीसहित)
-
इरानसँग सिधैं परमाणु वार्ता भइरहेको छः ट्रम्प
-
झूटा मुद्दा लगाए जनताले तिमीहरूका घर घेर्छन् : ज्ञानेन्द्र शाही