१६औँ गणतन्त्र दिवस
जीवनबहादुर शाही भन्छन् : गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन
सोमबार, १५ जेठ २०८०, ०९ : ४५

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले कुनै पनि हालतमा राजतन्त्र फर्कन नसक्ने दाबी गरेका छन्। आज गणतन्त्र दिवसको अवसरमा प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा शाहीले यस्तो बताएका हुन् ।
उनले गणतन्त्रमाथि जतिसुकै प्रश्न उठे पनि गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताए । पूर्वराजाबारे सङ्केत गर्दै उनले भने,' उँधो बगिरहेको कर्णालीमाथि फर्किन्न । यो व्यवस्थालाई बलियो बनायो अग्रसर हुनुपर्छ।'