टीकापुर घटनामा आन्दोलनकर्मी र सहादतप्राप्त परिवारको वेदना एउटै छ : रेशम चौधरी

काठमाडौं। आज जेलमुक्त भएका पूर्व सांसद रेशम चौधरीले टीकापुर घटनाको निष्पक्ष र न्यायोचित छानबिन हुनुपर्ने जनाएका छन् । डिल्लीबजार कारागारवाट जेलमुक्त भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै चौधरीले टीकापुर घटनाको निष्पक्ष छानबिनका लागि पुनः प्रक्रिया सुरु गर्नुपर्ने जनाएका हुन् ।
‘राष्ट्रपतिबाट सजाय माफी मिनाहा पाएर रिहा हुन पाउँदा खुसी छु। टीकापुर घटनाको पुनः छानबिन हुनुपर्छ,’ उनले भने, ‘यो घटनामा निर्दोष कोही पर्नु हुँदैन । ’
उनले अगाडि भने, ‘टीकापुर घटना विशुद्ध राजनीतिक घटना हो । यो राजनीतिक घटनालाई नेपालका राजनीतिक दलहरूले चिन्न निकै ढिलो गरे । थाहा पाउन निकै ढिलो भयो ।’
यस्तै चौधरीले टीकापुर काण्डमा मारिएका प्रहरीका परिवारले पनि न्याय पाउनुपर्ने बताए । ‘आफ्ना श्रीमान्, छोराछोरी, दाजुभाइहरु कसरी मारिए भनेर थाहा पाउनुपर्छ । त्यसका लागि म पनि सघाउन तयार छु, नागरिक उन्मुक्ति पार्टीले सघाउँछ,’ उनले भने ।
आफूहरु आन्दोलर्मी र टीकानकपुर घटनामा सहादतप्राप्त परिवारको वेदना एउटै भएको भन्दै चौधरीले एकअर्काबीच अन्तरक्रिया गर्नुपर्ने समेत बताए ।
‘हामी आन्दोलनकर्मी र सहादतप्राप्त परिवारबीचमा पनि अन्तरक्रिया गरिनुपर्छ । उहाँहरुको आरोप हामीले सुन्नुपर्छ । हामीहरुको वेदना उहाँहरुले सुन्नुपर्छ । वेदना दुइटैको एउटै हो,’ उनले भने, ‘कसैले कसैलाई आरोप लगाएर पन्छिन मिल्दैन । हामी सबैले वेदना साटासाट गरेर असली दोषीलाई राज्यले कारबाही गर्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा महानगरका मेयर र प्रमुख प्रशासकीय अधिकृत विरुद्धको मुद्दामा सुनुवाइ हुँदै
-
रुसमाथिको प्रतिबन्ध हटाउँदैछन् ट्रम्प ?
-
ट्राफिक व्यवस्थापन तथा सुरक्षामा प्रहरी र समुदायसँगसँगै
-
संघीय अस्पतालमा थन्किएका ५ सय अस्पताल उपकरण मर्मत
-
ठाकुरराम क्याम्पसमा स्ववियु निर्वाचनको उत्साह
-
सुदूरपश्चिम स्पोर्टस अवार्ड चैत ७ गते