क्याम्प नाउको ‘अन्तिम’ खेलमा बार्साको सहज जीत

क्याम्प नाउ । बार्सिलोनाले सन् २०२४ को नोभेम्बरसम्म क्याम्प नाउको अन्तिम खेलमा मायोर्काविरुद्ध ३–० को सहज जीत हासिल गरेको छ । रंगशालाको पुनर्निर्माणका लागि ला लिगा विजेता टोलीले केही समय ओलम्पिक स्टेडियमलाई आफ्नो घरेलु मैदान बनाउनेछ । टोली सन् २०२४–२५ सिजनमा आफ्नो पुरानै स्टेडियममा फर्किने बताइएको छ ।
बार्सिलोनाले खेलको पहिलो मिनेटमा नै अन्सु फातीको गोलको मद्दतले अग्रता लिएको थियो । मायोर्काका अमाथ एनडियायेले १३ औँ मिनेटमा रातो कार्ड पाएपछि बार्साका लागि झन् सहज भयो । लगत्तै फातीले टोलीको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा गाभीले तेस्रो गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।
खेलमा यस सिजनको अन्त्यबाट क्लब छाड्न लागेका सर्जियो बुस्केट र जोर्डी आल्बालाई बिदाइ गरिएको थियो । आइतबार नै भएका अन्य खेलमा तेस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडले चौथो स्थानमा रहेको रियल सोसिडाडलाई २–१ गोलले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेल्जियमका लागि नेपाली राजदूत लम्सालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
रास्वपा नेतृ ज्वाला सङ्ग्रौलाविरुद्ध अवहेलना मुद्दा
-
एसियन हाइवे विस्तारले जग्गाधनीको बिल्लीबाठ
-
हावाहुरीका कारण कर्णालीमा विद्युत् सेवा अवरुद्ध
-
महावीरको मार्गदर्शन परिपालन गर्न सकेमा राष्ट्रिय एकता सुदृढ बनाउन सकिन्छ : राष्ट्रपति
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची