युभेन्टसलाई हराउँदै मिलान च्याम्पियन्स लिगमा
सोमबार, १५ जेठ २०८०, ०८ : ५४

टुरिन । ओलिभिए जिरुको एकमात्र गोलको मद्दतले युभेन्टसलाई हराउँदै एसी मिलानले च्याम्पियन्स लिगमा स्थान सुरक्षित गर्न सफल भएको छ । खेलको ४० औँ मिनेटमा डेभिडे क्लाब्रियाको पसमा हेडमार्फत जिरुले गरेको गोल निर्णायक बनेको हो ।
पराजयसँगै आगामी सिजन च्याम्पियन्स लिगमा पुग्ने युभेन्टसको सपना चकनाचुर बनेको छ । यसअघि युभेको १० अंक घटाइएको थियो । मिलानले एकै सिजनमा होम र अवे खेलमा युभेलाई हराएको पछिल्ला ५० वर्षमा मात्र तेस्रो पटक हो ।
जीतपछि मिलान ६१ अंकसहित इटालिन सिरिए एको चौथो स्थानमा उक्लिएको छ । युभेन्टसपछि ५९ अंकसहित लिगको सातौँ स्थानमा सीमित बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि ध्यान दिएन : प्रचण्ड
-
कारागारबाट इमरान खान भन्छन्, ‘टोली छनोटमै नातावाद हावी भएपछि यस्तै हुन्छ’
-
जनयुद्धकी पहिलो महिला सहिद धनमायाबारे के भन्छन् श्रीमान् ?
-
सात जिल्लामा आगलागीका घटना : लाखौँको क्षति
-
गलेश्वरमा रु ५१ लाख भेटी सङ्कलन
-
केन्या, नेदरल्यान्ड्स र अमेरिकाको ऐतिहासिक उपस्थिति