रेशम चौधरीलाई आममाफी दिँदा पीडितलाई अन्याय भयो : राष्ट्रिय स्वतन्त्र पार्टी
![रेशम चौधरीलाई आममाफी दिँदा पीडितलाई अन्याय भयो : राष्ट्रिय स्वतन्त्र पार्टी](https://rpcdn.ratopati.com/media/albums/rastriya-swatantra-party_u01oP9s2z5.jpg)
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्व सांसद रेशम चौधरीलाई आममाफी दिने राष्ट्रपतिको निर्णयप्रति आपत्ति जनाएको छ । आइतबार सो पार्टीका प्रवक्ता मुकुल ढकालले एक विज्ञप्ति जारी गरी टीकापुरमा घटनामा दोषी ठहरी तीनै तहको अदालतबाट जन्म कैदको सजाय पाएका चौधरीलाई आममाफी दिनु पीडितका लागि अन्याय भएको बताएका छन् ।
विज्ञप्तिमा सरकारको यो कदम पूर्वाग्रही र आममाफीको मर्मविपरित रहेको समेत बताइएको छ । विज्ञप्तिमा भनिएको छ : ‘प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयंले सदनको रोस्टमै उभिएर चौधरीलाई छुटाउन विद्यमान कानुनमा संशोधन गरेर होस् या अन्य तरीकाले सरकार लागिपरेको कुरा खुलेर बताउनुभयो । सरकारको यो कदम पूर्वाग्रही तथा आममाफीको मर्म विपरीत मात्र नभई पीडितका सन्दर्भमा अन्यायपूर्ण समेत रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको ठहर छ ।’
आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् बैठकको सिफारिसमा चौधरीसहित १९ जनाको कैद सजाय माफी गरेका थिए । रास्वपाले आममाफीको व्यवस्था भनेको कैद भुक्तानी गरिरहेका व्यक्तिको चालचलन तथा अन्य मानवीय अवस्थालाई विचार गरी निजलाई सत्मार्गमा अगाडि बढ्न दिइने एक अवसर भएको बताउँदै चौधरीको हकमा भने त्यो लागू नहुने बताएको छ ।
राजनीतिक अभियानका क्रममा कुनै पनि समुदायका निर्दोष नागरिकहरू पीडित हुन नहुने बताउँदै रास्वपाले राजनीतिक आन्दोलनको आवरणमा हुने जघन्य अपराध क्षम्य हुन नसक्ने स्पष्ट पारेको छ । सो पार्टीले टीकापुर घटनाको छानबिन गर्न सरकारद्वारा गठित लाल आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न समेत माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा औद्योगिक व्यापार मेला सुरु
-
प्रहरीले दैनिक ११७ जना मानिस पक्राउ गर्छ
-
सरकारले निजी लगानीलाई प्रोत्साहन गरिरहेको छ : अर्थमन्त्री पौडेल
-
रुसले किन दियो अफगानिस्तानमा तालिवानलाई मान्यता ?
-
एनपीएल फाइनलसम्म सुदूरपश्चिम रोयल्सकाे उडान, तस्बिरहरू
-
चार महिनामा प्रहरीको १४ वटा कार्यालय भवन तयार, ४२१ कार्यालय ‘आश्रित’