इरानमा बाढी, चार जनाको मृत्यु
आइतबार, १४ जेठ २०८०, २१ : २४

तेहरान । उत्तरपूर्वी इरानमा शनिबार राति आएको बाढीमा परी कम्तीमा चार जनाले ज्यान गुमाएका सरकारी समाचार समिति इरनाले आइतबार जनाएको छ ।
उत्तरी खोरासान प्रान्तको फारुज, शिरवान र फारुज काउन्टीमा मुसलधारे वर्षाका कारण बाढी आएको, फारुज काउन्टीको एउटा खोलाको पानी सतहभन्दा चार मिटर बढ्दा त्यसले व्यापक क्षति भएको प्रान्तीय सङ्कट व्यवस्थापन विभागका प्रमुख घोलामरेजा शफिकलाई उद्धृत गर्दै इरानले जनाएको छ ।
खोलाले बगाएका दुई जनाको शव भेटिएका, बाढीमा अन्य नागरिक पनि परेको आशङ्कामा अन्य सम्भावित पीडितको ओजी भइरहेको, शिरवान काउन्टीमा कारमा डुबेका दुई जनाको शव पनि फेला परेको जनाउँदै इरनाले १८ वटा गाडी बाढीले बगाएको माटोले पुरिएका बताएको छ ।- (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाम्रो भविष्य पछाडि फर्केर होइन अगाडि बढेर उज्यालो बन्छ : प्रचण्ड
-
१० बजे १० समाचार : तीनकुने घटनाबारे बोले ज्ञानेन्द्र, रविको मुद्दामा कैफियत प्रतिवेदन माग्यो सर्वोच्चले
-
नयाँ वर्षको शुभकामना दिँदै प्रचण्डले भने, ‘सरकारले दलाल र विचौलियाको पक्षमा निर्णय लिँदा जनआक्रोश बढ्यो’
-
चरिकोटमा ‘सडकमा खाऊँ, सडकमै रमाऊँ’महोत्सव
-
‘एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी’ विरुद्ध उच्च अदालत पाटनमा रिट
-
परराष्ट्रमन्त्रीसहित १५ देशका राजदूत कन्याममा