मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
समाचार

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टपटेन’ समाचार

आइतबार, १४ जेठ २०८०, २० : ३१
आइतबार, १४ जेठ २०८०

आज २०८० जेठ १४ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा रेशम चौधरी लगायतका कैदीबन्दीको सजाय माफी, भारत भ्रमणका सन्दर्भमा प्रधानमन्त्रीले गरे छलफल, कोशीमा पहिचानवादीको आन्दोलनले विराटनगर अस्तव्यस्त, चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक, बागमती सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, नक्कली शरणार्थी प्रकरणमा थप तीन जनाको बयान लगायत छन् ।

१. रेशम चौधरी लगायतका कैदीबन्दीको सजाय माफी
राष्ट्रपति रामचन्द्र पौडेलले टिकापुर घटनाका मुख्य योजनाकार रेशम चौधरीसहित विभिन्न कैदीबन्दीको कैद सजाय माफी गरेका छन् । मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवसका अवसरमा ती कैदीबन्दीको सजाय माफी गरेका हुन् । जततउकस्ररधधध।चबतयउबतष्।अयmरकतयचथरघटछघटण्रचभकजबm(अजबगमबचथ

२. भारत भ्रमणका सन्दर्भमा प्रधानमन्त्रीले गरे छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न भारत भ्रमणका सन्दर्भमा आइतबार छलफल गरेका छन् । पूर्वप्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री, विभिन्न दलका नेता लगायतसँग प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा उठाउनुपर्ने विषयका बारेमा छलफल गरेका हुन् ।

३. कोशीमा पहिचानवादीको आन्दोलनले विराटनगर अस्तव्यस्त
कोशीमा आइतबार पहिचानवादीले गरेको आन्दोलनका कारण प्रदेशको राजधानी विराटनगर आइतबार अस्तव्यस्त बन्यो । पहिचानसहित प्रदेशको पुनः नामकरण हुनुपर्ने माग गर्दै प्रदर्शनकारीले आइतबार विरोध प्रदर्शन गरेका हुन् । प्रदेशसभा बैठकलाई लक्षित गर्दै उनीहरुले प्रदर्शन पुनः चर्काएका हुन् ।

४. चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक
सरकारले आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक सर्वेक्षण सार्वजनिक गरेका हुन् । आर्थिक सर्वेक्षणमा आर्थिक वर्ष २०७९–८० मा नेपालको आर्थिक वृद्धिदर कम हुने उल्लेख गरिएको छ ।

५. बागमती सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम आइतबार प्रदेशसभा बैठकमा प्रस्तुत गरिएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । 

६. नक्कली शरणार्थी प्रकरणमा थप तीन जनाको बयान
नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार जिल्ला अदालत काठमाडौंमा थप तीन जनाको बयान लिइएको छ । आइतबार अदालतमा उपस्थित भएर सन्दीप रायमाझी, टंककुमार गुरुङ र लक्ष्मी महर्जनले बयान दिएका हुन् ।

७. संसदीय सुनुवाइ विशेष समितिले पायो पूर्णता
संसदीय सुनुवाइ विशेष समितिमा प्रतिनिधिसभाबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको नाम टुंगिएपछि आइतबार समितिले पूर्णता पाएको छ । राजनीतिक दलहरुले प्रतिनिधिसभाबाट समितिमा रहने सदस्यहरुको नाम उपलब्ध गराएसँगै सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा प्रस्ताव गरेका नाम सभाले अनुमोदन गरेको हो ।  

८. जसपाको विधान अधिवेशन सारियो
जनता समाजवादी पार्टीको विधान अधिवेशन पुनः सरेको छ । आज बसेको कार्यकारिणी समितिको बैठकले असार ९ मा तोकिएको विधान अधिवेशनलाई १० गतेका लागि सारेको हो । 

९. ढाकाकुमार श्रेष्ठविरुद्ध मुलुक ढकालको मुद्दा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले आफ्ना पार्टीका पूर्व सांसद ढाकाकुमार श्रेष्ठविरुद्ध मानहानि मुद्दा दर्ता गराएका छन् । आइतबार ढकालले श्रेष्ठविरुद्ध मानहानि मुद्दा दर्ता गराएको रास्वपाका कानुनी सल्लाहकार यज्ञमणि न्यौपानेले बताए ।

१०. काभा अन्तर्राष्ट्रिय भलिबलको उपाधि भारतलाई
एनएससी—काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि भारतले जितेको छ । प्रतियोगितामा कजाकस्तान दोस्रो र नेपाल तेस्रो भयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप