थप पाठ्यसामग्री प्रयोग गर्न चाहेमा मूल्याङ्कनका लागि पेस गर्न आह्वान
काठमाडौँ । पाठ्यक्रम विकास केन्द्रले विद्यालय शिक्षामा थप पाठ्यसामग्री प्रयोग गर्न चाहेमा मूल्याङ्कनका लागि पेस गर्न आह्वान गरेको छ । शैक्षिक सत्र २०८१ का लागि विद्यालय तहमा थप पाठ्यसामग्री प्रयोग गर्न चाहेमा त्यसको मूल्याङ्कनका लागि पेस गर्न भनेको हो ।
शिक्षा नियमावली २०५९ को परिच्छेद ७ को नियम ३५ अनुसार विद्यालयले थप पाठ्यसामग्री तथा पाठ्यपुस्तक प्रयोग गर्न चाहेमा स्वीकृति लिनुपर्ने प्रावधान छ । सोही आधारमा ‘पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका २०७९’ को दफा २५ अनुसार आगामी शैक्षिक सत्रमा प्रयोग गर्न चाहेका पाठ्यसामग्री मूल्याङ्कन गर्न भनेको हो ।
कक्षा १ देखि १० सम्मका लागि सरकारले तोकेको पाठ्यक्रम बाहेक प्रयोग गर्न चाहेमा त्यसको डिजिटल सामग्री स्वीकृत गरेर मात्र प्रयोग गर्न पाइन्छ । त्यसका लागि प्रकाशक तथा लेखकहरूले डिजिटल सामग्री स्वीकृत गर्नुपर्ने र कात्तिक १५ गतेभित्र आवेदन पेस गर्न केन्द्रले आह्वान गरेको हो ।
त्यसरी थप पाठ्यसामग्री मूल्याङ्कन गराउँदा १० हजारदेखि १७ हजार रुपैयाँसम्म राजश्व लाग्ने केन्द्रले जनाएको छ । कक्षा १ देखि ३ सम्मको सामग्रीका लागि प्रति सामग्री १० हजार रुपैयाँ र डिजिटल सामग्रीका लागि ५ हजार रुपैयाँ राजश्व तोकिएको छ । यो २५० पेज भन्दा बढी हुनु हुँदैन ।
त्यस्तै कक्षा ४ देखि ८ सम्मका लागि प्रतिसामग्री १५ हजार रुपैयाँ राजश्व तोकिएको छ । कक्षा ९ र १० को लागि १७ हजार रुपैयाँ राजश्व तोकिएको छ । व्यक्ति स्वयंले प्रमाणित गरेको लेखकको शैक्षिक योग्यताको लब्धाङ्क पत्र/ट्रान्सक्रिप्ट, नागरिकताको प्रतिलिपि, नेपाल बाहिरको बोर्डको हकमा समकक्षता पत्रको प्रतिलिपि र बायोडाटा समेत पेस गर्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलको मेगा अक्सनमा बिक्री नभएका यी चर्चित क्रिकेटर !
-
कीर्तिपुरको मेयरबाट एकीकृत समाजवादीले लियो उम्मेदवारी फिर्ता, माओवादी केन्द्रलाई समर्थन
-
धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले लिए शपथ
-
एमाले लुम्बिनीका सांसद पार्टी सदस्यबाट निलम्बन
-
माग पूरा नभएसम्म हडताल गर्ने पीटीआईको घोषणा
-
दलतन्त्रको अन्त्यका लागि आन्दोलनलाई सशक्त बनाउने आजपाको निर्णय