यी हुन् सबैभन्दा धेरै विद्यार्थी भएका १५ सामुदायिक विद्यालय

काठमाडौँ । पछिल्लो समय सामुदायिक विद्यालयहरूमा विद्यार्थीको चाप बढ्न थालेको छ । विद्यालयको व्यवस्थापन, नेतृत्व, लगानी र गुणस्तर वृद्धिका लागि गरिएका विभिन्न प्रयासका कारण सामुदायिक विद्यालयमा पनि विद्यार्थीको आकर्षण बढ्दै गएको हो । कतिपय सामुदायिक विद्यालयको भौतिक पूर्वाधार अभावको कारण विद्यालयले धान्न सक्ने विद्यार्थी मात्र भर्ना गर्नका लागि प्रवेश परीक्षा मार्फत विद्यार्थी छनौट गर्ने गरेका छन् ।
रूपन्देहीको कालिका मानवज्ञान मावि बुटवल सबैभन्दा बढी विद्यार्थी रहेको सामुदायिक विद्यालय रहेको पाइएको छ । अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गरेको आर्थिक सर्वेक्षणअनुसार कालिका माविमा ७ हजार ६११ विद्यार्थी थिए । यसरी सबैभन्दा बढी विद्यार्थी हुने सामुदायिक विद्यालयहरू लुम्बिनी प्रदेशका रहेका छन् । पहिलो, दोस्रो र तेस्रो नम्बरमा लुम्बिनी प्रदेशका कालिका मावि, कान्ति मावि, शान्ति नमुना मावि रहेका छन् ।
सबै तहमा गत शैक्षिक सत्रभन्दा यस शैक्षिक सत्रमा विद्यार्थी संख्यामा वृद्धि भएको आर्थिक सर्वेक्षण देखाएको छ । शैक्षिक सत्र २०७८ को तुलनामा शैक्षित्र सत्र २०७९ मा अध्ययनरत विद्यार्थीको संख्या २.५ प्रतिशतले वृद्धि भई ७२ लाख ६९ हजार ५५१ पुगेको देखिएको छ । कुल विद्यार्थीमध्ये आधारभूत तह (१–८) मा ७४.२ प्रतिशत र माध्यमिक तह (९–१२) मा २५.८ प्रतिशत विद्यार्थी रहेका छन् । विद्यार्थीको टिकाउ दरमा वृद्धि भएको कारण हरेक तहमा यस्तो संख्या वृद्धि हुन गएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन
-
१० बजे १० समाचार : तीनकुने घटनामा प्रहरीको चुकदेखि बालेनको अल्टिमेटमसम्म
-
युट्युबर गंगा लामा पक्राउ