खैरो हेरोइन कारोबार गर्ने गिरोहका ६ जना पक्राउ
![खैरो हेरोइन कारोबार गर्ने गिरोहका ६ जना पक्राउ](https://npcdn.ratopati.com/media/news/hashes_xOCse4FPgr.jpg)
काठमाडौँ । अवैध लागु औषध खैरो हेरोइन कारोबार गर्ने नेटवर्कको गिरोहका ६ जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
लागु औषध नियन्त्रण ब्युरोबाट खटिएको टिमले अवैध लागु औषध खैरो हेराइन कारोबार गर्ने नेटवर्कको गिरोहसहित ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । प्रहरीले जेठ ९ गते काठमाडौँको बौद्ध टुसालस्थित एक होटेलबाट लागु औषध खैरो हेरोइन २० ग्राम, डिजिटल तराजु १ थान र नेपाली रुपैयाँ ७ लाख ४० हजारसहित झापाका २७ वर्षीय किरण कन्दङ्वा, जेठ ११ गते काठमाडौं महानगर वडा नम्बर ९ बाट खैरो हेरोइन ९४ ग्रामसहित झापाकै वर्ष २८ का विजय लिम्बू, जेठ ११ गते नै झापाको चन्द्रगढीबाट झापा मेची नगरपालिकाका वर्ष २९ का माधव मेचे र विनोद लिम्बू पक्राउ गरेको प्रहरी उपरीक्षक एवं लागु औषध नियन्त्रण ब्युरोका प्रवक्ता चक्रराज जोशीले जानकारी दिए ।
उनका अनुसार जेठ १२ गते झापाको भद्रपुर नगरपालिकाबाट खैरो हेराईन १९४ ग्राम ५४० मिलिग्रामसहित भारत पश्चिम बंगाल दार्जिलिङ जिल्लाका वर्ष २२ का शिव घोष र सोही ठेगाना भएकी वर्ष २६ की श्यामला सोरेनलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको छ । यस कारबाहीमा नेपालीलाई लागुऔष खैरो हेराईन उपलब्ध गराउने मुख्य व्यक्ति भारतीय नागरिकहरु समेतलाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको उनले बताए ।
त्यस्तै प्रहरीले लागु औषध चरेस तीन किलो ६०० ग्रामसहित १ जना नेपालीलाई पक्राउ गरी कारबाही अघि बढाएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका वडा नम्बर ५ स्थायी ठेगाना भएका वर्ष ४२ का तेम्बा शेर्पालाई पक्राउ गरेको छ ।
उनलाई जेठ ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्यान्ड जाने क्रममा पक्राउ गरिएको हो । खैरो हेरोइन प्रति १ ग्रामको अवैध बजार मूल्य अन्दाजी १० हजारको दरले ३१२.५४० ग्रामको दरले ३१ लाख २५ हजार ४ सय रहेको छ भने लागु औषध चरेस प्रति १ किलोग्रामको अवैध बजार मूल्य अन्दाजी ५५ हजारको दरले ३ केजी ६ सय ग्रामको १ लाख ९८ हजार रहेको छ ।
प्रतिवादीहरूको साथबाट बरामद भएको लागु औषधको अवैध बजार मूल्य अन्दाजी ३३ लाख २३ हजार ४ सय रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेन विनाकुनै शंका वार्तामा आउने रुसी दावीविरुद्ध जेलेन्स्कीको कडा प्रतिक्रिया, रिसाए नेटो महासचिव
-
वित्त आयोगको कार्यसम्पादनमा सूर्योदय नगरपालिका देशभरमै दोस्रो
-
विदेश भ्रमणमै रहेका बेला फेरि श्रममन्त्री भण्डारीको पद धरापमा !
-
१२ बजे, १२ समाचार : भूमिसम्बन्धी अध्यादेशले सरकार नैतिक संकटमादेखि ड्युटीमा रहेका प्रहरी कुट्ने अखिल नेता जोशी पक्राउसम्म
-
माओवादी र एकीकृत समाजवादीबिच पार्टी एकता हुन्छ : वर्षमान पुन
-
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै