काभा भलिबलमा नेपाल तेस्रो (तस्बिरहरु)
काठमाडौँ । एनएससी—काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपाल तेस्रो भएको छ । तेस्रो स्थानका लागि आइतबार भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३—१ सेटले पराजित गर्यो । प्रतियोगितामा उज्वेकिस्तानले चौथो स्थान हासिल गर्यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको खेलमा नेपाल पहिलो सेटमा २०—२५ अंकले पछाडि परेको थियो । त्यसपछि भने नेपालले खेलका उत्कृष्ट पुनरागमन गरेको थियो ।
नेपाली टोलीले दोस्रो सेटको नजितलाई २५—१६ अंकले आफ्नो पक्षमा परेको थियो । त्यसपछि लयमा फर्किएको नेपालले तेस्रो सेट २५—१५ र चौथो सेट २५—१३ अंकले जितेको थियो । गत शुक्रबार खेलिएको सेमिफाइनल खेलमा नेपाली टोली कजाकस्तानसँग पराजित भएको थियो । प्रतियोगितामा नेपालसहित ८ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल भने आइतबार साँझ भारत र उज्वेकिस्तानबीच हुनेछ । प्रतियोगिता राखेपको विशेष सहयोग र नेपाल भलिबल संघको आयोजनामा भएको हो । तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो
-
संविधान होइन हाम्रो दिमाग संशोधन गरौँ : सुदन किराती
-
हमासद्वारा रिहा गरिएका थप तीन इजरायली बन्धक स्वदेश फिर्ता, बदलामा १८३ प्यालेस्टिनी कैदी रिहा
-
शम्भुराम श्रेष्ठले उठान गरेका राष्ट्रियता, जाति र भाषा अधिकारको सवाल
-
मौलिक कला संस्कृतिलाई समुदायको आयआर्जनसँग पर्छ : मुख्यमन्त्री आचार्य
-
३०औँ संस्करणको क्यान इन्फोटेक २०२५ सुरु, ६० प्रतिशतसम्म छुट