विश्व आर्थिक मन्दीका कारण नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने देखियो : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले विश्व आर्थिक मन्दीका कारण यस वर्ष नेपालको अर्थतन्त्र समेत प्रभावित भएको र आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने देखिएको बताएका छन् । आइतबार सङ्घीय संसद्मा आर्थिक सर्वेक्षण, २०७९–८० को प्रतिवेदन सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।
‘सन् २०२३ को सुरुवाती दिनमा नै विश्व आर्थिक गतिविधिमा आएको सुस्तता सोको प्रत्यक्ष प्रभाव नेपालको अर्थतन्त्रमा समेत परेको छ । यसको प्रभाव थोक तथा खुद्रा व्यापार, निर्माण उत्पादनमूलक उद्योग लगायत समग्र आर्थिक क्रियाकलापमा सङ्कुचन आई चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र हुने प्रक्षेपण गरिएको छ । वस्तु आयातमा भएको सङ्कुचन र समग्र मागमा आएको सुस्तताले स्रोतमा समेत सङ्कुचन आई वित्तीय व्यवस्थापनमा समस्या आएको छ’ अर्थमन्त्री डा.महतले बताए ।
विश्व बजारमा पेट्रोलियम पदार्थ तथा खाद्यान्नमा भएको मूल्य वृद्धिका कारण समग्र आयातसँगै वस्तुको मूल्यमा दबाब परेको समेत अर्थमन्त्री डा.महतले बताए । यद्यपि, पछिल्लो समय पेट्रोलियम पदार्थको निरन्तरको घट्दो मूल्यका कारण अन्य वस्तु तथा सेवाको समेत उपभोग्य बजार मूल्य घट्ने देखिएको छ’ डा.महतले भने ।
विगतमा विदेशी मुद्राको सञ्चिति जोगाउन गरिएको आयातको कडाइ, रेमिट्यान्स सुधार र अन्य पक्षहरूले अर्थतन्त्रको बाह्य क्षेत्र समेत सुधारात्मक रहेको उनले बताए । पर्यटन क्षेत्रको सुधारले हौसला प्रदान गरेको समेत अर्थमन्त्री डा.महतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदले नाबालिकालाई बन्धक बनाएको प्रकरण : महानगरले आयोगलाई बुझायो १२० पृष्ठ लामो अनुसन्धान अभिलेख
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
नङको रङ र रोगको संकेत
-
यी ५ तरकारीले युरिक एसिड द्रुत गतिमा बढाउँछ
-
नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान
-
जेलेन्स्कीले भने, ‘शान्ति वा नेटोको सदस्यता पाए म पद त्याग्न तयार छु’