प्रधानमन्त्रीको भारत भ्रमणको पूर्वसन्ध्यामा तमोर आयोजनाबारे चिनियाँ कम्पनीलाई पत्र

काठमाडौँ । सरकारले चिनियाँ लगानीमा बन्ने भनिएको ७५६ मेगावाटको तमोर जलाशययुक्त आयोजनाबारे चिनियाँ कम्पनीलाई पत्र काट्ने भएको छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको पूर्वसन्ध्यामा आइतबार बसेको लगानी बोर्डको बैठकले चिनियाँ कम्पनी चाइना पावरलाई यसबारे पत्राचार गर्ने निर्णय गरेको हो । परियोजना अघि बढाउने सम्बन्धमा प्रस्तावक चाइना पावरसँग १९ जनवरी, २०२० मै समझदारी भएको थियो । तर, हालसम्म पनि समझदारी पालना नभएको निष्कर्ष निकाल्दै बोर्डले कम्पनीलाई पत्राचार नगर्ने निर्णय गरेको बोर्डका सहसचिव एवम् प्रवक्ता अमृत लम्सालले जानकारी दिए ।
‘बैठकले ७५६ मेगावाट क्षमताको तमोर जलाशययुक्त जलविद्युत परियोजना अघि बढाृने सम्बन्धमा प्रस्तावकसँग १९ जनवरी २०२० मा भएको समझदारीपत्रको पालना सम्बन्धमा पत्राचार गर्ने निर्णय गरको छ’, प्रवक्ता लम्सालले जारी गरेको विज्ञप्तिमा भनिएको छ । बैठकले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजना विकासका लागि भारतीय कम्पनीसँग पीडीए गर्नका लागि सिफारिस गर्ने निर्णय पनि गरेको छ । जसअनुसार प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा यसबारे सम्झौता हुनेछ । लगानी बोर्डका अनुसार परियोजनाका लागि ९२.६८ अर्ब बराबारको लगानी स्वीकृत गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सुदूरपश्चिम माओवादीको विवाद नारायणकाजीले गिजोले’
-
सामाजिक सञ्जाल विधेयक जस्ताको तस्तै पारित हुँदैन : महामन्त्री शर्मा
-
नेपाल वायुसेवा निगमको ग्राउन्डेड विमानहरू कुन कहिलेदेखि उड्छन् ?
-
सुक्खा पहिरो जाँदा एक मजदुरको मृत्यु
-
भक्तपुर–नगरकोट सडक चाँगुनारायण नगरपालिकाले स्तरोन्नति गर्ने
-
खेम र संगीताको ‘धेरै नरिसाउँ’ गीतमा पुष्प र सनिशाको अभिनय