भारत तस्करी गर्न लागिएको मदिरासहित मोटरसाइकल बरामद
आइतबार, १४ जेठ २०८०, १३ : ४३

जलेश्वर । महोत्तरी प्रहरीले गएराति नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको ठूलो परिमाणको मदिरा र भारतीय नम्बरको मोटरसाइकल बरामद गरेको छ । जिल्लाको पश्चिमी सीमावर्ती मनरासिस्वा नगरपालिका–९ स्थित दशगजा क्षेत्रबाट भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा प्रहरीले २२ कार्टुन मदिरा र एक थान मोटरसाइकल बरामद गरेको प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।
भारतको विहार राज्यमा मदिरा प्रतिबन्धित रहेको अवस्थामा गएराति बीआर ३२ बी ८९२७ नम्बरको मोटरसाइकलमा मदिरा नेपालबाट भारततर्फ लैजाँदै गर्दा दशगजा क्षेत्रमा गस्तीका लागि गएको प्रहरी टोलीलाई देखेर तस्कर मोटरसाइकल र मदिरा छाडेर भागेका थिए । प्रहरीले सीमा क्षेत्रबाट बरामद गरेको मदिरा र मोटरसाइकल आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाउने तयारी गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्गठनलाई मजबुत बनाउन विशेष ध्यान दिनुपर्ने आवश्यकताः नेता निधि
-
आँबुखैरेनीभित्रका विद्यार्थीको उपचार निःशुल्क
-
तीनकुनेको घटनामा संलग्न रहेको आरोपमा दिलबहादुर श्रेष्ठ पक्राउ
-
केन्द्रीय सम्झौतामा नपरेपछि क्लासेनको अन्तर्राष्ट्रिय खेलजीवन अन्योलमा
-
एक घण्टा ढिलो गरी प्रधानमन्त्री ओली जकनपुरमा ‘ल्यान्ड’, प्रदेशसभामा सुरक्षा व्यवस्था कडा
-
दक्षिण कोरियामा राष्ट्रपति चुनावको घोषणा