विमस्टेक व्यापार सम्मेलनमा सहभागी हुन मन्त्री रिजाल भारत जाने

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल आगामी जेठ ३० देखि ३२ मा हुने विमस्टेक व्यापार सम्मेलनमा सहभागी हुने भएका छन् । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री रिजालको भ्रमण स्वीकृत गरेको हो । ‘२०८० जेठ ३० देखि ३२ भारतको कलकत्तामा आयोजना हुने विमस्टेक व्यापार सम्मेलनमा सहभागी हुन मन्त्री रमेश रिजालको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ’,सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै जानकारी दिइन् ।
त्यस्तै बैठकले तनहुँ जलविद्युत आयोजना ऊर्जा प्रणाली विस्तार आयोजना, ग्रिड विकास र नेपाल वितरण प्रणाली स्तरोन्नति र विस्तार आयोजनाका एलआइविआर सन्दर्भ र दर निर्धारणअनुसार ब्याजदर निर्धारण गर्ने व्यवस्थाको सट्टा फरवार्ड लुकिङ टम्स एसओएफआरका आधारमा ब्याजदर निर्धारण गर्नेगरी वित्तीय सम्झौतामा संशोधन गर्न स्वीकृति प्रदान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : पटेलको घातक बलिङ, १ सय ५४ रनमा समेटियो चेन्नई
-
गोरखा भूकम्पको १० वर्ष : बारपाकमा दीप प्रज्वलन (तस्बिरहरु)
-
सहकारी प्राधिकरणले अब गति लिन्छ : मन्त्री अधिकारी
-
नेपाली क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगे
-
खोटाङमा अन्तरजातीय विवाह गर्ने पाँच दम्पती सम्मानित
-
निखिलको फिल्म ‘आचार्य’ बाट डेब्यु गर्दै उषा उप्रेती